अबको यात्रा सम्वृद्धि र समाजवाद:-बाबुराम खरेल

0 17

लामो आरोह अवरोह पार गर्दै देशले एउटा निकास प्राप्त गरेको छ । देशमा गणतन्त्र स्थापना भएको छ । नेपालको संविधान २०७२ जारि भएको छ । यो विषय सामान्य विषय होइन र संविधान जनताका निर्वाचित सार्वभौम प्रतिनिधिबाट इतिहासमा पहिलो चोटी जारि भएको छ ।
यसको लागि हामी सबैलाई थाहा छ की नेपालमा संविधानसभाको नारा २००७ सालबाट उठान गरिए पनि नेपालमा दह्रो जरा गाडेको निरंकुश राजतन्त्रका फडाहरुले जनतालाई अधिकार सम्पन्न हुन दिइरहेका थिएनन् र देशको यसकारण समग्र अग्रगति हुन सकिरहेको थिएन ।
यसर्थ कि हाम्रो देश नेपाल प्राकृतिक श्रोत साधनमा धनी कहलिएर मात्र होइन धरातलिय यथार्थ नेै हो नेपालको भु बनौट, नदि–नाला, हरियाली वन जगंल, हावापानी, सबै सबै हिसावले नेपाल त धनी देश नै हो ।
गज्जब छ हामी हाम्रो देश रिसोर्समा धनी तर हामी गरिब किन ? यो प्रश्न हरेक स्वाभिमानि नेपालीहरुलाई विझिरहेको छ र हामी धनी भएर पनि गरीब हुनुको कारण हामीले खोजी रहेका छौ । हामीले नेपाली धनी भएर पनि गरीब हुनुको दोष राणाहरुको थाप्लोमा हाल्यौं, यस्तै शाही राजाहरुको नियतमाथि र निरंकुश सत्ताको आधारलाई वनायौं , तर अहिले न राणाहरुको शासन छ न शाहहरुको शासन छ तर पनि देश गरीब छ ।
अव दोष अरुलाई दिने कि नेपाल अघि बढन नसक्नुको कारण अहिले र वर्तमानको यथार्थ नेपालका दलहरुको भूमिकाको वारेमा कसरी सोच्ने हो यो विषय अहं वनेको छ ।
हो यिनै दलहरु हुन जसको विभिन्न कालखण्डमा विविध शक्तिका विभिन्न रुपका र स्तरका संघर्ष र आन्दोलन÷ शसस्त्र क्रान्ति आदि वलिदान, योगदान र कार्यभार आदिका कारण देश नयाँ युगमा प्रवेश त गरेको छ तर जनताको जीवनमा खासगरी सिमान्तकृत जनताको अवस्थामा प्रगति होइन अवनति नै भै रहेको छ । तसर्थ जनतालाई पिछडिएको, उनीहरुको पिछडापनलाई रुपान्तरण र परिवर्तन दिन नसकिरहेको अवस्था विद्यमान
छ ।
यसतर्फ पछिल्लो राजनीतिक कोर्षमा संलग्न राजनैतिक शक्ति र दलहरुले विशेष जिम्मेवारी बोध गर्न जरुरी छ । अरु राजनैतिक शक्तिहरुको योगदान आफ्नो ठाउमा विशेष महत्वको हुदाहुदै पनि नेपालको वर्तमानमा कांग्रेस एमाले एमाओवादी यी तिन शक्तिहरु नै प्रमुख रुपमा नै रहेका छन ।
कांग्रेस आफुलाई पुरानो र सातसाले क्रान्तिको नायक संझन्छ र हो पनि । पटक पटक राजकिय सत्ता रसस्वादनमा संलग्न रहेको र नव उदारवाद र कतिपय सन्दर्भमा सामन्ति प्रतिक्रियावादको निम्ति माहिर पार्टी हो ।
यसरी नै नेपालका प्रमुख वाम घटकहरु परिवर्तनकारी शक्तिहरु हुन । देशको पछिल्लो परिवर्तनमा निर्णायक भुमिका पुरा गरेका एमाले र माओवादी शक्ति मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा वनेको छ यिनीहरुको विगतको संघर्ष र वलिदानवाट मात्र प्रमुख रुपमा परिवर्तन संभव भएको हो । यसरी नै दश वर्षे महान जनयुद्ध सकारात्मक र सही निष्कर्षका साथ लडिदैनथ्यो भने तथा त्यसबाट उत्पन्न राजनैतिक परिस्थिति, मूलधारका राजनैतिक पार्टीहरुमा त्यसले पारेको दवाव र उनीहरुको भूमिका र योजनाको आधारमा हाम्रो देशमा सूर्य चन्द्र रहे सम्म विकल्प छैन भनिएको र नेपाली समाजमा रामैै्र जरा गाडेर वसेको राजतन्त्रको अन्त्य संभव भएको हो ।
यी सव विगत र वर्तमानमा गरिएका संघर्ष र वलिदानले मात्र परिवर्तन संभव भएको छ । ०६२÷६३ राजनैतिक परिवर्तन भित्र जे जसो मूल्याङ्कन गरिने कोसिस गरिए पनि नेपाली राजनीति र राजतन्त्र भित्र समेत राजनीतिक संकट गहिरिनु , यी र यसले उत्पन्न गरेको संकटापन्न परिस्थितिले मात्र दरवार हत्याकाण्ड मच्चिएको छ । सबै अधिकार ज्ञानेन्द्र शाहले त्यतिबेला हत्याएको अवस्था हो ।
यसरी दश वर्षे जनयुद्ध र माओवादी ले उठान गरिएको संविधानसभा गणतन्त्र, संघियता समाबेसिता धर्म निरपेक्षता जस्ता परिवर्तनका आधारभुत एजेण्डा सहितको जगमा नेपालका मूलधारका राजनैतिक शक्तिहरुको नेतृत्वमा ०६२÷०६३को जन आन्दोलन सम्पन्न भएको छ । जसबाट देशमा राजनीतिक परिवर्तन भयो र अहिले हामी सो परिवर्तनलाई संस्थागत गर्ने सक्रमणकालिन चरणबाट पार पाइसकेका छौं । अहिले देशमा वनिएको नयाँ संविधानको व्यवस्था अनुुसार देशमा राजनैतिक स्थिरता वनेको छ नयाँ सरकारले सुविचारित काम गरिरहेको छ ।
देशमा मूलभूत राजनैतिक परिवर्तन भए पनि जनताको अपेक्षा अनुरुपको आर्थिक रुपान्तरण अहिले हुन सकिरहेको छैन । लाखौ युवा रोजगारको निमित्त विदेश पलायन भै रहेका छन् । देश युवा विहिन अवस्थाबाट गुज्रिरहेको अवस्था छ ।
खेतियोग्य जमिन प्रशस्त भए पनि कृषि जन्य वस्तुहरु आयात गर्न परिरहेको छ । जडिबुटी र वनपैदावार हुदाहूदै पनि त्यसमा आधारित व्यवसाय र उद्योग प्रयाप्त चलाउन सकिरहेका छैनौ ।
जलश्रोतमा धनी छौ , नदिनाला प्रशस्त छन तर विद्युत अभाबै अभावमा छ । हामी पर्यटनको प्रशस्त संभावना बोक्दछौ तर पर्यटन उद्योग पनि राम्ररी गति दिन सक्तैनौ ।
यसरी हामी एउटा सामन्ति युगको अन्त्य र पुजिवादी चरणबाट गुज्रिरहदा अब राम्ररी सोच्न जरुरी छ की अबको हाम्रो गन्तव्य के हो ? यो सक्रमणको अवस्थामा अलिअलि विवाद र समस्या हुन्छन पनि ।
राजनैतिक हिसावले अग्रगामी परिवर्तन भए पनि समस्याका कारण जेलिएको वर्तमान देशको परिस्थिति अब सङ्गलिदै गइरहेको छ र देशले गतिमा हिडिरहेको छ । हाम्रो नेपालीको यात्रा अव पश्चगामी हुदै होइन र अवको नेपालको यात्रा अग्रगमन हो, सम्बृद्ध नेपाल र समाजबाद उन्मुख परिवर्तनको लक्ष्य हो ।
देश धनी छ रिसोर्समा, राजनैतिक परिवर्तनमा पनि एउटा सामन्ति युगको चरण समाप्त गरेको छ पुजिवादी चरण अर्थात अव अलमलको यस मानेमा अवस्था छैन , तसर्थ अबको हाम्रो यात्रा समाजवाद उन्मुख नै हो ।
अब हाम्रो छलफल बहस गरीवि होइन धनी होइन किन ? तर्फ बहस लैजान जरुरी छ । देशको विकास हो अवको हाम्रो लक्ष्य , उद्योग धन्दा कल कारखानाको जाल विछ्याउनु हो हाम्रो लक्ष्य ।
अवको चुनौति हाम्रो समाजवादको र आर्थिक सम्वृद्धि र मेनेजमेन्ट पोलिटिक्सको हो । अव धेरै समय नेपाली जनतालाई कुर्नका निम्ति अधेर भै सक्यो, यदि कुनै दल र नेताले सक्तैन भने नयाँ वैकल्पिक शक्ति र नेताको वरु आवश्यकता छ देशको लागि ।
समाजवाद उन्मुख आर्थिक क्रान्तिको बाटो तय गर्ने आधार नेपाल कम्युनिष्ट पार्टी र नेताहरुको गहन जिम्मेवारीमा आएको छ । सबै मिलि देशलाई समृद्ध र समाजवाद उन्मुख बाटोमा अगाडि बढाउ, नेपाली जनताहरुको यही अपेक्षा रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.