पर्सामा सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

0 13

 

साउन १७, पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।

पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.