पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

0 7

 

साउन १७, पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरो पन्छ्याउने काम भइरहेको छ । रासस

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.