फेरि बढ्यो सुनको मूल्य, नयाँ रेकर्ड कायम

0 98

साउन १६, केही सातायता निरन्तर रुपमा बढिरहेको सुनको मूल्य शुक्रवार पनि बढेको छ । शुक्रवार सुनको मूल्य बढेर झण्डै एक लाख नजिक पुगेको हो ।

शुक्रवार मूल्य ९९ हजार ३०० सय रुपैयाँ पुगेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । सुनको मूल्य नेपालमा यति धेरै पुगेको यो पहिलो हो ।

बिहीवार सुनको मूल्य प्रतितोला ९९ हजार रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी संघले तोकेको शुक्रवार प्रतितोला ३०० रुपैयाँ बढेको बताएको छ ।

लकडाउन र कोरोना भाइरसका कारण सुनको कारोबार खासै नभए पनि मूल्य भने निरन्तर बढिरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको बताएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.