‘कृष ४’ मा ऋतिक चार फरक भूमिकामा देखिँदै

0 8

साउन ०८, हिन्दी फिल्म ‘कृष’ सिरिजको आउँदो भागमा अभिनेता ऋतिक रोशनले चार फरक–फरक भूमिका निभाउने भएका छन् । मिडिया रिपोर्टसका अनुसार यतिबेला फिल्मको स्किृप्टमाथि धमाधम काम भइरहेको छ ।

लामो समयदेखि ‘कृष ४’ दर्शकको प्रतीक्षामा छ । ‘कृष’ सिरिजमा शीर्ष भूमिका निभाउँदै आएका ऋतिकले चौथो भागमा ४ फरक–फरक भूमिका निभाउन लागेका हुन् ।

भारतीय मिडियाका अनुसार फिल्मको कहानीमा पनि परिवर्तन गरिएको छ । यद्यपि फिल्म युनिटले यसबारेमा कुनै प्रतिक्रिया भने जनाएको छैन ।

अहिले फिल्मको प्री–प्रोडक्सनको काम शुरु भइसकेको छ । फिल्मलाई राकेश रोशनले निर्देशन गर्नेछन् ।

ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज ‘कृष’ का यसअघि ३ सिरिज हिट भइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.