प्रधानमन्त्री ओली निकटका विद्यार्थीहरु दिनभरि सडकमा, रातभरी भट्टीभोजमा(भिडियो सहित)

0 15

असार २३, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट केहि मानिसहरुले नेकपा एमाले दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिए।असार १४ गते निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको निवेदनमा २१ जना पदाधिकारी रहेका थिए ।आवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरुको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरु, झण्डा, चिह्न पनि पेश भइसकेको आयोगले जनाएको थियाे ।

नेकपा एमाले दर्ताका लागि दिएको निवेदनमा अध्यक्षमा सन्ध्या तिवारी (विराटनगर–६ मोरङ), उपाध्यक्षमा भगवती खड्का (रामेछाप) र महासचिवमा मनिस कुमार उपाध्यक्ष (जनकपुर) रहेका छन् ।

यसैगरी सचिवहरुमा अस्मिता सुनार (खोटाङ), दावा लामा (सर्लाही), जयराम राउत (रौतहट), खगेन्द्र प्रसाद भुषाल (पर्वत), राधा पुरी (अर्घाखाँची), हिराबहादुर बोहोरा (डोल्पा) र तारादेवी शाही (बाझुरा) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पवन विष्ट (स्युचटार, काठमाडौं), निलम पोखरेल (झापा), किरण लामिछाने (गोठाटार, काठमाडौं), उमेश महत्तो (सर्लाही), उषाकुमारी झा (धनुषा), प्रदिपराज गिरी (गोठाटार, काठमाडौं), पूर्णीमा तामाङ (काभ्रे), निश्चित बस्नेत (सिरहा) र सञ्जिब विष्ट (गोठाटार, काठमाडौं) नेकपा एमाले पदाधिकारीहरु रहेका थिए।

तत्कालिन नेकपा एमालेका कतिपय नेताले यदि नेकपा फुटिहाले नेकपा एमालेलाई आफ्नो पार्टी बनाउन केपी ओलीको निर्देशनमा दल दर्ता गरेको बताए।

https://www.youtube.com/watch?v=6fyD9ulgCMg

नेकपाका पूर्व एमाले र पूर्व माओवादीमा पनि खैलाबैला भएको छ। पूर्व एमालेका विद्यार्थी र यूवाहरु यहि बीचमा सडकमा उत्रिएर नेताहरुको बिरोध पनि गरे। दिनभरि आन्दोलन रातभरी भट्टीभोजमा यूवा विद्यार्थीहरु पार्टी नै फुटिहाले पुरानै एमालेमा जान पाइने भन्दै रमाएका भिडियाेमा देख्न सकिन्छ। ओलीकै कार्यकर्ताहरुले खिचेको भिडियो कान्तिपथ डटकमलाई प्राप्त भएको हाे।

अखिलका केन्द्रीय सदस्यहरु उमेश आचार्य, नरेश रोकाया, विरेन्द्र रावल, घनश्याम पुन, सुदिप कार्की, सीटीईभीटी अध्यक्ष उमेश थापा लगायत यूवाहरु आइतवार मध्यरातमा ‘मै पनि एमाले सहि पनि एमाले’ भन्दै नाचेकाे भिडियाे अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.