चिनियाँ सिस्टर सिटी ‘गुर्मु’बाट भरतपुर महानगरलाई ठुलो मात्रामा स्वास्थ सामाग्री प्रदान

0 690

 

भरतपुर/ मित्रराष्ट्र चिनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड-19 विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ सामाग्री प्रदान गरेको छ । सो सामाग्री बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बिच जिन्सी शाखालाई प्रदान गर्दै प्राप्त स्वास्थ सामाग्री आवश्यकता अनुसार प्रयोग र वितरण गर्न निर्देशन दिनुभयो ।


भरतपुर महानगरपालिका र चिनको गुर्मु सिटी बिच भगीनी सम्बन्ध कायम भएसंगै दुई नगरबिच विभन्न विषयमा दुई पक्षिय सहयोग आदान/प्रदान भैरहेको भन्दै यस विपदको अवसरमा यति ठूलो संख्यामा स्वास्थ सामाग्री प्रदान गरेकोमा गुर्मु सिटीको प्रमुख तथा गुर्मुवादी चिनियाँ जनतालाई धन्यवाद व्यक्त गर्नुभयो । विपदको अवस्थामा प्राप्त स्वास्थ्य सामाग्रीले दुई नगरकाबिच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको बताउनुभयो ।


प्रमुख दाहालले गुर्मु सिटीले यस कोभिड-19 को रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघील्लो घेरामा खटीने कर्मचारीलाई प्रदान गरीने बताउँदै कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि प्राप्त स्वास्थ्य सामाग्रीहरु सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका कोराना-19 विरुद्ध लडिरहेको बताउँदै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण तथा सञ्चालन, पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनहरुको निर्माण र सञ्चालन साथै राहत वितरण कोरोना -19 संग बाच्न नगरबासीहरुलाई सूसुचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका कामहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

मित्र राष्ट्र चिनको गुर्मृ सिटीले भरतपुर महानगरपालिकालाई 11 लाख रुपयौँ बराबरको सर्जीकल मास्क 10 हजार थान, N95 मास्क 9 सय 60 थान पिपिई 120 थान र थर्मल गन 1 सय 20 थान लगाएतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको हो । सोमबार भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेश चन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगाएतका प्रतिनिधी मण्डलले नेपाल चिन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो ।


सो अवसरमा गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लि ले भरतपुर महानगरपालिका र गुर्मु सिटी बिच भगिनी सम्बन्ध कायम भएसंगै दुई पक्षिय सहयोग आदान प्रदान हुँदै आएको भन्दै यस विपदको बेला कोभिड-19 बिरुद्ध लड्न सानै भएपनि स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा गुर्मुबासीको तर्फबाट खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि आवश्यक सहयोग र सद्धभाव कायमै रहने विश्ववास व्यक्त गर्नुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.