मेयर रेनु दाहालद्धारा भरतपुरका कोरोना संक्रमितको निधनमा शोक ब्यक्त

0 332

मंगलबार उपचारकै क्रममा ६८ बर्षिय भरतपुर महानगरपालिका ११ निबासी एक पुरुषको निधनमा महानगर प्रमुख रेनु दाहालले शोक ब्यक्त गर्नु भएको छ ।

सामाजिक संजाल फेसबुकमा एक पोष्ट राख्दै मेयर दाहालले कोभिड १९ को संक्रमणबाट चितवनमा मृत्यु भएको यो पहिलो घटनामा दुख प्रकट गर्दै मृतकलाई श्रद्धान्जली र शोकाकुल परिवारजन् प्रति समबेदना ब्यक्त गर्नुभएको हो ।

मेयर दाहालको फेसबुकमा संप्रेषित सन्देश
‘कोभिड १९ बाट संक्रमित भरतपुर ११ का ६८ बर्षिय पुरुषको आज भएको निधनको खबरले हामी स्तब्ध भएका छौ। दिवंगत व्यक्तिप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । हिजो र आज लगातार ठुलै संख्यामा कोभिड १९ (कोरना भाइरस)संक्रमित विरामी हाम्रो जिल्ला चितवन र भरतपुरमा पनि देखिएकाले केही दिन अझै हाम्रा लागी कष्टपुर्ण रहने छ। त्यसैले सबैलाई उच्च मनोबल र सम्यमताका साथ स्वअनुशासनमा वस्नका लागी अनुरोध गर्दछु ।’

सोमबार नै मेयर दाहालले संक्रमितहरुलाई भेटी उपचार र आईसोलेशनको उपयुक्त ब्यबस्था मिलाईने आश्वसन दिनुभएको थियो भने उपचारमा संलग्न स्वास्थकर्मीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै स्थानिय सरकारका तर्फबाट आवश्यक साथ रहने बिश्वास दिलाउनु भएको थियो ।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.