भारतबाट सिमाना आईपुगेका आफ्ना नागरीकको उद्धार गर्न मेयर रेनु दाहालले टोलि पठाउदैँ

0 945

भारतका बिभिन्न सहरमा रोजगारी र बिबिध कामका सिलसिलामा अलपत्र परी सिमाना सम्म आईपुगेका भरतपुर महानगरका बासिन्दाको उद्धार गरिने भएको छ

महानगर प्रमुख रेनु दाहालको निर्देशन पछाडी सिमानामा रोकिएका महानगरवासीहरुको उध्दार लागि भरतपुर महानगरपालिकाको टोली जेठ १३ गते भैरहवा र सुनौली भन्सार जान लागेको हो ।

प्रमुख दाहालको सचिवालयले यदि आफ्ना वडावासीहरु कोही हुनुहुन्छ भने ९८५५०१३१६३ र ९८५१२१०५६२ मा सुचना गर्न आग्रह गरेको छ ।

छिमेकी राष्ट्र भारत बाट आएका महानगरपालिकावासीको उध्दार गर्न भरतपुर वाट वडा अध्यक्ष नरीनारायण पौडेलको नेतृत्वमा जेठ १३ गते बिहान ६:०० बजे बस लिएर टोली भैरहवा जानेछ । ल्याईएकालाई स्वास्थ चेकजाचँ गरी निश्चित समय सम्म क्वारेन्टिनमा राखिनेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.