आज बेपत्ता दिबस, डण्डपानि न्यौपाने लगायत सम्पुर्ण बेपत्ता योद्धाहरुलाई सम्झना र सम्मान गरिदै

0 242

जेठ ७ ! अर्थात बेपत्ता योद्धा दिवस !

जनयुद्धका क्रममा वि.स. २०५६ सालमा आजकै दिन काठमाडौको सुन्धाराबाट तत्कालिन नेकपा(माओवादी )का केन्द्रीय सदस्य क.दण्डपाणी न्यौपाने(सम्भवत् उहाँ नै बेपत्ता मध्य जिम्मेवारीका हिसाबले उच्च नेतृत्व हुनुहुन्थ्यो) , क.मिलन नेपाली , क.नविन गौतम र क.कमला शर्मालाई गिरफ्तार गरि वेपत्ता वनाइएको थियोे ।

यही दिनलाई बिम्बात्मक रुपमा उहाँहरु ४ सहित देशैभरका सबै सबै वेपत्ता योद्धाहरुलाई उच्च सम्मान र स्मरण गर्न आजको दिनलाई बेपत्ता योद्धा दिवसको रुपमा स्मरण गरिंदै आइएको हो । लाश भेटिएर सलाम ठोकर बिदाई गरिएका ति शहिदहरु र सासको ठेगान बिनै दिनरात संझना रहिरहेका यि बेपत्ता योद्धाहरुको बलिदान र त्यागको परिणाम हो आजको गणतन्त्र र ब्यबस्था ।

थाहा छैन् देशले, आन्दोलनले,पार्टीले यि योद्धाहरुलाई कति सम्झियो, तिनका परिवारलाई कति भरथेग गर्यो तर ईतिहासले यो योगदान बिर्सन दिने छैन् !


  • फेरी एकपटक आजको दिनमा सम्पुर्ण बेपत्ता योद्धाहरु प्रति उच्च सम्मान एवं स्मरण गर्दै उहाँहरुले देखाएको वाटोमा निरन्तर हिंडिरहने प्रण गर्दछु ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.