जब आफ्ना नागरिक लिन गएका माडीका मेयरकै अगाडी सशस्त्रले लाठी ठोकी २४ युवा भारत लखटे पछी

0 106

✍️ गोबिन्द न्यौपाने , माडी | कोरोना भाईरसका कारण यतिखेर विश्वनै आक्रान्त छ । हजारौ नेपालीहरु विदेशि भुमिमा अलपत्र छन् । ति अलपत्र श्रमिक नेपालीहरुको सरकारले प्रभावकारी ढंगबाट अझै पनि उद्धार गर्न सकिरहेको छैन । माडी नगरपालिकाले सिमित स्रोत–साधनका विच स्वदेश भित्रै माडी बाहिर रहेका माडीबासी श्रमिकहरुको उद्धार गर्याे अहिले पनि निरन्तर रुपमा गरिरहेको छ । समस्या देशभित्रै रहेका, माडी बाहिरका माडीबासी श्रमिकहरुको उद्धार गर्नु भन्दा पनि विदेशि भुमिमा कार्यरत माडीबासीहरुको उद्धारगर्नु ठुलो चुनौति रहेको छ । तरपनि माडी नगरपालिका यहाँको नेतृत्वले त्यो जिम्मेवारीलाई सहज ढंगले ब्यवस्थापन गर्ने कार्यको सुरुवाति गर्याे । पहिलो चरणमा विदेशमा रहेका माडीबासीहरुको तथ्याङ्क संकलन कार्य सम्पन्न गरि नगरस्तरिय तथा वडास्तरिय गरि माडीका ९ वटै वडामा गरि १२ वटा ब्यवस्थित क्वारेन्टाईन संचालनमा ल्यायो । नगरस्तरिय स्वास्थ्यकर्मिको टिम माडीभर नियमित रुपमा खटिरहेको छ । सिमित स्रोत साधनका विच माडी नगरपालिकाले कोरोना भाईरसको संक्रमण सुन्यमा राखिरहन जुन प्रयास गरिरहेको छ, यो आफैमा उत्कृष्ट छ भन्ने चर्चा जिल्लास्तरिय बैठकहरुमा हुदै आएका पनि छन् । तर… यति चर्चा गरिरहदा माडी नगरपालिकाले आफ्ना नागरिक प्रति जुनखाले जिम्मेवारी बोध गरि रातारात उद्धार गर्न नेपाल–भारत सिमामा पुग्यो तर नेपाली सिमा सुरक्षा बलले गरेको त्यो निकृष्ट–अमानविय ब्यवहार सम्झिदा अहिले पनि मन भक्कानियर आउँछ ।

अहिले अन्तराष्ट्रिय हवाई उडान बन्द भएकाले तेस्रो मुलुकमा रहेका माडीबासी श्रमिकहरुको उद्धार गर्न केन्द्र सरकारले निति नबनाए सम्म हाललाई संम्भव छैन । बोर्डरमा हजारौ नेपालीहरु अलपत्र परेको दुखत समाचार सुनिरहदा यता, माडी नगरपालिकाले आफ्नो सिमा समेत जोडिएको छिमेकि मुलुक भारतमा कार्यरत माडीबासीको उद्धारमा भने पहलकदमि सुरु गर्यो । ९ वटै वडामा ब्यवस्थित क्वारेन्टाईनको ब्यवस्थापन गरी भारतमा कार्यरत माडीबासी घर फिर्ता हुन चाहेमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिदै स्वास्थ्य नियमको पालना गर्ने गरि माडी ल्याउने तयारी गर्याे । लकडाउन लगत्तै काम बन्द भएपछि अलपत्र परि उद्धारका लागि विलौना गरिरहेका भारतको मुम्बईमा कार्यरत माडीका २१ जना सहित २४ जना नेपालीहरु माडी नगरपालिकाको नियमित सम्पर्कमा रहदै स्वास्थ्य परिक्षण गरि बस रिजर्भ गरि सिमा पारि हिजो विहान (आईतबार) भिखनाठोरी आईपुगे । उनिहरुलाई माडी प्रवेश गराउन बस, स्वास्थ्यकर्मिको टोली, ल्याएर राख्ने क्वारेन्टाईनको ब्यवस्थापन सबै स्टानबाई थिए । मेयर ठाकुरप्रसाद ढकालले जिल्ला स्थित सिडिओ सगँ परामर्श गर्नुभयो । बोर्डरमा आएका आफ्ना नागरिकलाई सम्बन्धित पालिकाले जिम्मा लिएर ल्याउन सक्ने सहज बाटो हामीले बुझ्दै–सुन्दै अनि देख्दै आएका थियौ ।

सिडिओ साबले सिमा पारीको त्यो जिल्लाको सिडिओ सगँ पत्राचार गरेर बुधबार मात्रै माडी ल्याउन सकिने प्रतिक्रिया दिनुभयो । मेयरले सिमा पारीको क्वारेन्टाईनमा राख्दा संक्रमणको झनै जोखिम बढ्ने हुदा माडीनै ल्याएर क्वारेन्टाईनमा राख्दा सुरक्षित हुने भएकाले छोटो प्रक्रियागत बाटो खोज्न सिडिओलाई सुझाउनुभयो । यता, नियमित सम्पर्कमा रहेका ति भिखनाठोरी आएका माडीबासीलाई सिडिओ सगँ भएको परामर्श र पहलकदमिका बारेमा जानकारी गराउदै नआत्तिकन सुरक्षित तबरबाट बस्न अनुरोध गर्याै । सिमा सम्म लिन आए भारतिय सिमा सुरक्षाबल (एस.एस.वि.)ले सिमा पार गराईदिने उताबाट खबर आयो । सोको सहजता र ब्यवस्थापन गर्नका लागि मेयर ढकालले माडीको प्रहरिलाई भन्नुभयो र लिन जानका लागि तयारी अवस्थामा रहेको नगरपालिकाको टोलीलाई हिड्ने तरखर गर्न निर्देशन दिनुभयो ।

हामीले सहजता होस् भनेर ति माडी आउदै गरेका युवाहरुको सम्पर्क नम्बर लगायत सबै जानकारी तथा सुचना प्रहरिलाई दियौ । प्रहरिलाई कहाँबाट के निर्देशन थियो वा आन्तरिक सर्कुलर के थियो थाहा भएन तर विषय झनै जटिल बन्दै गयो । हामीले धेरै ठाउँमा धेरै प्रयास गर्याै उता एस.एस.वि.ले हामी सगँको कुराकानीमा साँझ खाना खुवाईओरी सिमा पठाईदिन्छौ तपाईहरु लिन आउनुहोस् भन्यो तर प्रहरिबाट संम्भब नभएको प्रक्रिया पुरा गरेर बुधबार मात्रै ल्याउन सकिने जानकारी गरायो । यदि ति युवाहरु सिमा वारी आईहाले भने सुरक्षित ढंगले राख्न अनुरोध गर्दै सिमा सुरक्षामा रहेका ईन्सपेक्टर दिपक दाहाललाई ति युवाहरुको सम्पर्क नम्बर पनि दियौ ।

प्रहरि अनि शसस्त्र प्रहरिका ति ईन्सपेक्टर दाहालको कुराकानी अनि सिमापारी एस.एस.वि. सगँ उनिहरुले गरेको कुराकानी सुन्दा सहज प्रक्रियालाई झनै जटिल बनाईरहेको हामीले महसुस गरेका थियौ । हामीले सबैकुरा ठिकै छ भनेर सहजतामै लियौ । लिन हिड्न स्टेनबाई बसेको टोलीलाई नजाने जानकारी गराई साँझ परिसकेकाले मेयर आफ्नो निवास तिर लाग्नु भयो । हामी पनि आ–आफ्नो बाटो लाग्यौ । दिउँसो १ बजे देखि साझँ ६ बजे सम्म मेयर कै कार्यकक्षमा बसेर मेयर सहित वडा नं. ९ का अध्यक्ष शिबहरि सुवेदि, वडा नं. ५ का अध्यक्ष रामबन्धु पोख्रेल, ईलाका प्रहरि कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मा अनि म स्वंयम सहित भएका कामको फेहेरिस्त हो माथी उल्लेखित कुराहरु ।

झमक्कै साझँ परिसकेको थियो । ५ नं.का वडा अध्यक्ष रामबन्धु दाईले भाई तिमि कहाँ हो ? उताबाट केटाहरुले रुदै फोन गरेका छन् । एस.एस.वि.ले खै तिमिहरुलाई लिन तिम्रो मान्छे आएनन् । अब नरकटियागजंमा १७ सय जना भन्दा बढि बसिरहेका क्वारेन्टाईन छ, त्यहि पठाईदिन्छौ तर त्यहाँ तिमिहरु झनै सुरक्षित छैनौ भनेर भन्यो । हामी नरकटियागन्ज जानुपर्छ भने त बरु यहि आत्महत्या गर्छौ भनेर विलौना गरिरहेका छन् । अब के गर्ने ? रामबन्धु दाईले सोध्नुभयो । रामबन्धु दाई बसन्तपुरको चौरमा हुनुहुन्थ्यो म त्यही पुगिहाले । त्यसपछि फेरी हाम्रो नियमित सम्पर्कमा रहेका ति लामिछाने थरका युवालाई फोन गर्याै । फोन गर्ने वित्तिकै उनि भक्कानिन थाले । हामी अभिभावक विहिन जस्तै भयौ कम्तिमा तपाईहरु आईदिनुहोस् एस.एस.वि.ले पठाईदिन्छौ भनेको छ, यदि पठाएन भने पनि कम्तिमा आउनु त भएको थियो नि भनेर हामीलाई हिम्मत बढ्छ, उनले भने । त्यसपछि हामीले ति एस.एस.वि. जवानलाई फोन दिन भन्यौँ, उसले हामी सगँको कुराकानीमा अब खाना खुवाउन लागेको हो । खाना खुवाएर हामी सिमापारी पठाईदिन्छौ, तपाईहरु लिएर जानुहोस् । हामीलाई यिनि युवाहरुको माया लागेर हो । नत्र यहाँबाट नरकटियागंज फर्कन पर्याे भने यिनिहरु झनै असुरक्षित हुन्छन् । यो प्रक्रिया तिर लाग्दा धेरै दिन लाग्छ । नेपाली मज्जाले बुझ्ने ति जवानले फोनमा दिउसैबाट जुन सदासयता देखाईरहेका थिए, त्यसलाई अहिले पनि दोहोर्याए । हामीले हुन्छ पठाईदिनु हामी लिन आउछौ भन्यौँ।

हाल विरगन्जमा रहनु भएका आदरणिय दाजु पत्रकार गोविन्द देवकोटा सगँ दिउसोबाटै सहजताका लागि परामर्श गरिरहेको थिए । ठुलो सहयोग उहाँले गरिरहनुभएको थियो । देवकोटालाई फोन गरेर सबै रिपोटिङ्ग गरे । उहाँले उसो भए लिन जान सुझाउनुभयो । त्यसँपछि ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठलाई फोन गरे । सहयोग आदान–प्रदानका सन्दर्भमा उहाँ सगँ बेला–बेलामा मेरो फोन भैरहने हुदा समन्वय गर्न आग्रह गरे । मेयर ढकाल सगँ पनि श्रेष्ठको सम्वाद भैरहेको थियो । अघिपनि ठाकुर दाईले फोन गर्नुभएको थियो । दिउँसो मैले पनि धेरै नै प्रयत्न गरे, पर्सा जिल्लाकै भएको भए त भर्खरै सहजै ल्याउन सकिन्थ्यो, मैले माथी कल गर्दा पनि त्यहि भने चितवनको भएर अलिक अप्ठेरो भयो । त्यहि पनि म शसस्त्रको ईन्सपेक्टर दाहाललाई फेरि एकपटक कुरा गर्छु । उतिखेरै श्रेष्ठको मलाई कलब्याक आयो । म छिर्न दिन्न भन्दै ईन्सपेक्टर दाहाल तयार भएनन् ।

हामी सल्लाह–परामर्श गर्दै थियौ त्यहि विचमा फेरि ति युवाले फोन गरे । नेपाली सिमा सुरक्षा बल ठोरीको ईन्सपेक्टर दाहालले फोन गरेर माथीको प्रक्रिया पुरा नभए सम्म तिमिहरु नेपाल आउन पाउदैनौ । सिमावारी आए गोली ठोक्दिन्छु भनेर धम्कायो ।

हामीलाई असह्य भयो । लगत्तै मेयर ढकाललाई फोन गर्याै । आफ्नो निवास बरुवा पुगेर डे«स चेन्ज गर्न नपाउदै ति युवाहरुलाई अभिभावक विहिन हुन नदिने भन्दै आफ्ना नागरिक प्रति जिम्मेवारी बोध गर्दै मेयर ढकाल घरबाट मोटरसाईकल लिए निस्कनु भयो । बसन्तपुर नगरपालिका अफिस आउने बेला सम्ममा उहाँले जानकारी गराउनुपर्ने सबै निकायमा जानकारी गराई ईलाका प्रहरि कार्यालय माडीका ईन्सपेक्टर हर्कबहादुर विश्वकर्मालाई ठोरी जानका लागि तयारी अवस्थामा रहन भन्नुभयो । मेयर ढकाल बसन्तपुर आईसकेपछि मलाई कल गर्नुभयो । वडा अध्यक्ष रामबन्धु पोख्रेल, डा.शशि टन्डन, कृषि शाखा प्रमुख किरण पौडेल, स्वास्थ्य शाखाका गोविन्द पौडेल सगँै थियौ । दिउँसो ठोरी जान हाईअलर्ट टोलीलाई खबर गर्याै र अगाडी बढ्यौ । हामी सबै जना बगईमा जम्मा भयौ । ति माडीबासी युवाहरुलाई एस.एस.वि.ले सिमावारी पठाईदियो भने लिएर आउने, पठाएनछ भने पनि कम्तिमा लिन आएका थिए भनेर तिनिहरुको आत्मबल त बढ्छ भनेर, रातको ९ बजेर ५५ मिनेट जादा बगईबाट मेयर ढकाल, वडा नं. ९ का अध्यक्ष शिबहरि सुवेदि, वडा नं. ५ का अध्यक्ष रामबन्धु पोख्रेल, नेपाली सेना बगई पोष्टका मेजर, माडीका प्रहरि प्रमुख, शसस्त्रका ईन्सपेक्टर थकाली थारु, माडी नगरपालिकाको स्वास्थ्यकर्मिको टोली सहितको हाम्रो टोली ठोरी तर्फ हिड्यो । हामीलाई दिनभरको प्रयासले एस.एस.वि.ले उनिहरुलाई सिमावारी पठाउने विश्वास थियो, तर हामी सगै हिडेको सुरक्षाकर्मिको टोलीले पत्याई रहेको थिएन । हामी सगँै हिडेका सबै गाडीहरु ठोरीको चौतारा सम्म पुग्दा ११ बजि सकेको थियो । उताबाट ति युवाहरुको फोन आयो, हजुरहरु कहाँ आईपुग्नु भयो ? हामीलाई त ८ बजे तिर नै एस.एस.वि.ले सिमावारी पठाईदिएको हो । हामी २४ जना सगँै यहि नेपालको खोला छेउको चौरमा बसिरहेका छौ । नेपाली शसस्त्र प्रहरिले हामीलाई केहि गर्दैन नि ? उनिहरुको प्रश्न थियो– हामीलाई विश्वास थियो केहि गर्दैन भनेर किन कि दिउँसो देखि सबै कुरा भैराखेको थियो ।

सबै कुरा भएको छ ढुक्क सगँ बस्नु केहि नि गर्दैनन । त्यो चौर अनि शसस्त्रको क्याम्प त्यहि १०० मिटर जतिको दुरीमा छ । साँझ ८ बजेबाट मध्यरात १२ बज्न लाग्दा समेत सहयोगका लागि नत शसस्त्रले उनिहरुलाई खोजिनिति गर्याे नत खुला चौरमा बसेका तिनिहरुलाई देख्यो नै ।
हामी २÷३ जनालाई दिउँसो देखि नै सुरक्षाकर्मिको हर्कत देख्दा उहि पुगेपछि मात्रै यिनिहरुलाई थाहा दिने पो हो कि ? भन्ने लाग्यो । तर हैन यो फरक जिल्ला हो सिष्टममै जानुपर्छ भनेर मेयरले हामी सगँै गएका सुरक्षाकर्मिलाई जानकारी गराउँदा यो कसरी संम्भव भयो भनि आश्चर्य चकित थिए । त्यसपछि सबैले आ–आफ्नो च्यानलमा खबर गरे । मेयरले चितवनका सिडिओ लाई जानकारी गराउनुभयो । त्यहि रातको ११ः२० जति बजेको थियो, सिडिओ ले हुन्छ मास्क, ग्लोब्स, पिपिई लगाएर सुरक्षित तवरबाट ल्याउनुहोस्, भन्नुभयो ।

हामी सगँ गएको सुरक्षाकर्मिको टोलीले सिमा सुरक्षाका त्यहाँ ड्युटिमा रहेका तिनै ईन्सपेक्टर दिपक दाहाललाई पनि खबर गरे । हामी ठोरी चौताराबाट बोर्डर तर्फ अगाडी बढ्यौ । प्रहरिको गाडी हामी भन्दा अगाडी थियो हामी दोस्रोमा हामी पछाडी स्वास्थ्यकर्मिको गाडी त्यसपछाडी बस थियो । जब ईन्सपेक्टर दाहाललाई खबर भयो । उनिहरु सिमावारी आएभने सुरक्षित तवरबाट राख्न समन्वय गर्नका लागि भनेर मोवाईल नम्बर दिईएको थियो । ईन्सपेक्टर दाहालले सिमावारी आईसकेका ति युवाहरुलाई फोन गरे । कहाँ हो तिमिहरु ? पक्कै पनि हामीलाई उद्धार गर्नकै लागि होला भन्ठाने अनि फोन उठाए हामी यहि खोला छेउको चौरमा छम सर । तिमिहरु तुरुन्तै त्यहाँबाट भारत तिरै जाओ नत्र गोली ठोक्दिन्छु ईन्सपेक्टर दाहालले फेरि नि धम्की दिन थालेछन् । त्यसपछि तिनिहरुले हामीलाई फोन गरे हामीले सबै सगँ कुरा भएको छ केहि नि गर्दैनन हामी आउदैछौ । हामीले हाम्रो सुरक्षाकर्मिलाई त्यहाँबाट भारत तिरै जान धम्काईरहेको छ रे हामी आउदैछौ भनेर भन्नुहोस् भन्यौ । हामी अगाडी बढ्दै थियौ । हामीलाई स्कटिङ्क गरिरहेको हाम्रो सुरक्षाकर्मिको गाडीले मुलबाटो छोडेर भित्रिबाटो बाट हिडाई रहेको थियो । तरपनि सुरक्षाकर्मि प्रतिको हाम्रो विश्वास जिवितै थियो । हामीलाई निरन्तर ति युवाहरुको फोन आईरहेको थियो । हामीलाई यहाँको हाम्रो शसस्त्रले धम्काई रहेको छ…….हामीलाई लाठीले घोचिरहेको छ…..भारतयि एस.एस.वि.लाई बोलायो…..हामीलाई शसस्त्रले धकेलेर खोलामा झार्याे……एस.एस.वि.पनि यहि आयो….हाम्रो शसस्त्र र एस.एस.वि.ले गोली ठोक्दिन्छु भन्दै धकेलिरहेका छन्….. हाम्रो मेयर आउदै हुनुहुन्छ……नजिकै आईसक्नुभयो.. …हाम्रो सिमामा रहेको शसस्त्रले गरेको हर्कत सबै फोनमा सुनिन्थ्यो ।

हामीले ति युवाहरुलाई तिमि त्यहि रोकिउ, त्यहि थचक्कै बस भनि हौसला दिईरहेका थियौ । जब हामी अगाडी बढ्दै थियौ । ईलाका प्रहरि कार्यालय, ठोरी अगाडी आएपछि हामीलाई स्कटिङ गरिरहेको गाडी हामीलाई जानकारी विनै कार्यालयको हाता भित्र मोडियो, हामी अचम्मित भयौ । पिडित युवाहरुको फोन निरन्तर आईरहेको थियो । हामी प्रहरि हाता भित्र नछिरि सिधै बोर्डर तिर हुकियौ । बोर्डर नजिकै शसस्त्रको क्याम्प भएको ओरालो जब हामी झर्याै ति युवाहरुले उँ गाडी आयो, हाम्रो मेयर आउनुभयो भनेर चिच्याईरहेका थिए । अनाकन्टर अध्यारो थियो । शसस्त्रको क्याम्प अगाडी डिलमा बसेर भारत तिर हाम्रा युवाहरुलाई लखेटेको हेरेर बसिरहको आकासे कलरको गन्जी र कट्टु लगाएका एक ब्यक्ति थिए अनि अर्का चाहि शसस्त्रको जवान । हामी गाडीबाट झर्ने वित्तिकै खै को हो यहाँको ईन्सपेक्टर उनिहरुलाई फिर्ता बोलाउन अर्डर गर्नुस । तिमिहरु फर्किउ, तिनिहरुलाई यता लिएर आउ भन्दै चिच्याउदै मेयर ढकाल खोला तिर झर्न खोज्नुभयो । मैले मोवाईलको टर्चबालेर यिसाराले बोलाईरहेको थिए । उसै गरि रामबन्धु दाई अनि शिवहरि सर पनि चिच्याउदै हाम फाल्न खोजिरहनुभएको थियो । त्यतिखेर सम्म नेपाल–भारत सिमाको जुन खोला छ लखेट्दै ठिक त्यसको विचमा पुर्याईसकेको रहेछ । ति कट्टु लगाएका ब्यक्ति त्यतिबेला सम्म केहि रेसपोन्स नगरि डिलमै उभिरहेका थिए । मैले उहाँ माडी नगरपालिकाको मेयर हो खै तपाईहरुको ईन्सपेक्टर भने अनि फ्याट्टै ति शसस्त्रका जवानले उहाँ हाम्रो डि.एस.पि. साप हो भने सि । हामीले बल्ल चिनेउ डिलमा बसेर नेपाली युवालाई विदेशि भुमिमा लखेट्नेको कमान्डर हुनुहुदो रहेछ भनेर ।

लगत्तै ति डि.एस.पि.ले शसस्त्र क्याम्पमा रहेका जवानलाई सबै तयार भौ है भन्दै खै कस्लाई हो फोन गर्दै जहाँबाट नेपाली युवा लेखेटेका थिए त्यहि चौर तिर अगाडी बढे । पछि थाहा भयो नेपाली युवा लखेटिरहेका जवानलाई हामी आएको देखेर फिर्ता बोलाएका रहेछन् । खोलामा कहाँबाट झर्ने भन्नेमा त्यो ठाउँका लागि प्राय सबै अन्योल जस्तै थियौ । म पनि धेरै समय पछि ठोरी पुगेकाले ठम्याउन गार्हाे भयो । अनि पुराना झर्नेबाटो त्यहाँ अगाडीबाट छ भने । केदारले गाडी घुमाएर खोलातिर गाडीको फोकस लाईट तेर्साए । मैले अगाडी बढ्दै गर्दा हामी सगँै जानुभएका ईन्सपेक्टर विश्वकर्मालाई फोन गरेर तपाई किन त्यहाँ भुलेको तुरुन्तै यहाँ आउनुहोस् भने । मेयर ढकालले नेपाली भुमिमा आईसकेको युवाहरुलाई एस.एस.वि. बोलाएर लखेट्ने तुरुन्तै फिर्ता बोलाउनुहोस् । गोली ठोक्ने भए मलाई ठोक्नुस भन्दै युवाहरुलाई चिच्याउदै अगाडीबाट खोला तर्फ झर्नुभयो । हामी पनि बोलाउदै सगै अगाडी बढेउ । अन्धकार थियो केहि देखिदैन थियो हातमा लिएको टर्चले मान्छे त्यहाँ रहेछ भन्ने मात्रै थियो । हामी खोलामा झर्दै गर्दा ५÷६ जना हातमा लौरो लिएका शसस्त्रका जवानहरु फर्किए । एस.एस.वि.ले युवाहरुलाई आफ्नो क्याम्प नजिकै पुर्यायो । हामी शसस्त्रको क्याम्पतिर अगाडी बढेउ । हाम्रो स्वास्थ्यकर्मिको गाडी पनि आईपुगेको थियो । मेयर ढकालले यहाँको डि.एस.पि. खै को हो ? हामीले समन्वय गर्दा गर्दै पनि यस्तो निकृष्ट काम गर्ने, नेपाली युवाहरुलाई एस.एस.वि. नेपाली भुमिमा बोलाउने लखेट्न लगाउने भन्दै भनिरहनु भएको थियो ।

त्यहाँको शसस्त्रले चोखिने कुरा गरिरहेका थिए तर हामीले गरेको विश्वासमा यस्तो अक्षम्य अन्र्तरघात गर्छन भन्नेमा हामीलाई अलिकति पनि विश्वास थिएन । रातको साढे १ बजिसकेको थियो । ति नेपाली युवाहरु सगँ फोन सम्पर्क भै रहेको थियो । अहिले पनि तेरो त्यहाँको शसस्त्रले भन्यो भने हामी छोड्दिन्छौ भनेको छ भनेर खबर आईरहेको थियो हामीले डि.एस.पि. अनि ईन्सपेक्टर दाहाल दुबैले लाई अनुरोध गर्याै तर टेरपुच्छर लाएनन् । आफ्नै अगाडी त्यो हद सम्मको क्रुरता देख्न पर्दा हामीलाई हदै सम्मको आत्मग्लानी भयो । तर पनि हिम्मत मरेन । ति २४ जना युवालाई लिएर फर्कने प्रण गरेउ र रातको ३ बजे चौतारामा आएर बस्यौ । आज विहानै अनेकन उपायका विषयमा विभिन्न पक्ष सगँ परामर्श गर्यौ । पर्सा जिल्लाको सि.डि.ओ.सगँ मेयर ढकालले आफै कुराकानी गर्नुभयो । पर्साको सि.डि.ओ.ले मेयर साव तपाई त्यहि चौतारा तिरै बस्नु, मैले कुराकानी गर्न त्यहाँ हाम्रो मान्छे पठाएको छु । तपाई जान परे खबर आउछ नत्र मान्छे लिन गाडी मात्रै पठाउनुहोला भन्नुभयो । हामीलाई केहि आशा पलायो । तर जब कुरागर्न ईन्सपेक्टर दाहाल स्वंयम गएको थाहा भयो फेरी हामीमा शंकाको भाव पैदा भयो । १० बजे भित्रमा तेरो मान्छे लिन आयो भने हामीले पठाईदिन्छौ भनेर एस.एस.वि.ले भनेको कुरा हामीलाई ति युवाहरु सगँको आज विहानको फोन सम्वादमा पनि निरन्तर भनिरहेका थिए । नेपाल ल्याउन भनेर कुरा गर्न गएकाहरुले जति सम्वादको समय बढाईरहेका थिए । उता ति युवाहरुलाई ट्रकमा हालेर क्वारेन्टाईन तर्फ लान खोजिरहेको थियो । त्यो कुरा सम्वादमा रहेका ईन्सपेक्टर दाहाललाई हामी सगँै रहेका माडीका सुरक्षाकर्मिबाट रिपोटिङ्ग गराईरहेका थियौ ।

अन्ततः ति युवाहरुलाई भिखनाठोरीबाट जमुनिया नजिकै ८ कि.मि.को दुरीमा रहेको एक विद्यालयमा लगेर राखेको छ । ति माडीबासी युवाहरु सँग अहिले पनि फोन सम्पर्क भैरहेको छ । त्यहाँ सम्म नेपाली नेटवर्कले काम गरेको छ । १÷२ दिनमा जसरी पनि नेपाल ल्याउने गरि निरन्तर प्रयास म गर्छु । ढुक्क सगँ बस्नुहोस् । केहि त्यस्तो भयो भने मलाई फोन गरिहाल्नुहोला । आफ्नैले यति निकृष्ट काम गर्लान भन्ने विश्वास नै लागेन भन्दै मेयर ढकालले उहाँहरुलाई हौसला दिदै हामी विहान ११ बजे माडी फर्कियौ ।

यो घटनाक्रमले विदेशी भुमिमा श्रम बेच्न बाध्य ति नेपाली श्रमिकहरु जसको रेमिटान्सले यो देशको अर्थतन्त्र अडिएको छ । तिनै श्रमिक नेपालीहरु आफ्नो जन्मभुमि फर्केर आउदा आउन पाउदैन भने यसको परिणाम के होला ? प्रश्नहरु हजारौ छन् । अनि उत्तर त्यसले दिने परिणामले देखाउने छ

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.