आफ्ना नागरिक लिन गएका माडीका मेयरकै अगाडी सशस्त्रले लाठी ठोकी २४ युवा भारत लखटे पछी

0 475

भारतका बिभिन्न ठाउँमा रहेका चितवन माडीका २४ जना युवा बिभिन्न स्थानिय ब्यबधान र स्वास्थ जाचँहरु पार गर्दै नेपाल सिमामा आईपुगे ! मेयर ठाकुर ढकाललाई सुचना आयो ।

तत्काल नेपालि सेनाका मेजर,माडीका नेपाल प्रहरी र सशस्त्रका दुबै ईनिस्पेक्टर, स्वास्थको टिम, जिम्मेवार अधिकृतहरु, वडाध्यक्षहरु बिच संक्षिप्त छलफल भयो कसरि अलपत्र माडीबासी युवाहरुलाई सुरक्षित रुपमा ल्याउने र राख्ने भनेर ! अनौपचारीक रुपमा चितवन,पर्सा र सिमाको भारतिय फोर्स संग संबाद भयो ! त्यसपछी सके सम्झाएर सिमा मै क्वारेन्टिन गर्ने, नभए नेपालि भुमिमा गर्ने, नभए माडी मै ल्याएर गर्ने योजना अन्तरगत एउटा खालि बस सहित मेयर स्वयंको टोलि ठोरी लाग्यो ! ठोरिका गाप अध्यक्ष पिएल श्रेष्ठ सहित जनप्रतिनिधि समेतको सहयोगमा सहजिकरणका लागी संवाद गर्दै टोलि चौतारा पुग्यो !

उता, सिमामा रहेका युवाहरु बिहारमा संक्रमणको दर उच्च रहेको भन्दै आफुहरुको स्वास्थ जाचँ गरियोस् र जति बस्नु परे नि माडी लगेर क्वारेन्टिनमा राखियोस् यहाँ बस्नु आत्महत्या सरह हो भन्दै रुदैं फोन गरिरहेका थिए ! तब एक अनौपचारीक र मौन समझदारी बन्यो ! युवाहरु नेपालि सिमा छेउ आई बस्ने,स्वास्थ टोलिले चेकजाच गर्ने र सेना प्रहरीको एस्कर्टमै सुरक्षित तवरले सोही खालि बसमा माडी लगेर क्वारेन्टिन गर्ने !

जसै मेयर साबको टोलि राति १०:३० बजे नजिक पुग्यो, उद्धार सुरु गर्नु पहिले नै ठोरि स्थित दाहाल थरका ईनिस्पेक्टरको कमाण्डमा रहेको APF को टोलिले ले गोरु चुटाई चुट्दै नेपालि सिमाको ३०० मिटर भित्र रहेका ति २४ नेपालि युवालाई खेद्दै सिमा खोलाको बिचमा पुर्यायो ! त्यति मात्रै होईन पारीबाट SSB समेत बोलाई सिमा बाट धपाउन लगायो र भारत पठायो !

 

त्यही रहेका मेयरले मलाई कुट म दिन्छु उत्तर यिनको जिम्मा म लिन्छु भनेर फिल्डमा जादाँ उल्टै बिशेष ड्युटीमा आएका डिएसपिले समेत टेरपुच्छर लगाएनन् ! रात को ३ बजे सम्म टोलि आफ्ना नागरिकको उद्धारको लागी सिमा बसिराख्यो ! गृह देखी छिमेक सम्म याचना गरिराख्यो ! सबै उपाय बेकार भए ! पछी बार्तामा गएका प्रहरीले ति युवालाई उल्टै जमुनिया (६ किमि पर भारतकै स्थान) जहां १००० जना एकै ठाउमा क्वारेन्टिन छन् त्यही लगेर छोड्न सहमति जनाएर आए ! निरास हुदै मेयरसाबको टिम अहिले बसन्तपुर फर्कियो !

अहिले पनि ति २४ जनको उद्धार को कोशिसमा ठाकुर दाई हुनुहुन्छ ! दाई भन्दै हुनुहुनथ्यो ‘आफ्नै अगाडी आफ्ना मान्छेलाई आफ्नैले गरेको यो क्रुरता देखेर ग्लानी भयो’ ! अझ स्मरणिय कुरा के छ भने यदी ति नागरिक पर्साबासी हुन्थे भने सजिलै हस्ताण्तरण हुने चलन रैछ ! के माडी का हुनु ति २४ भाईको अपराध हो ?

आशा छ यो खबर सार्बजनिक भएपछी ति युवाहरुको उद्धारमा थप सहजिकरण र दवाव हुनेछ !
(भिडियो साईज म्यानेज गरी अपलोड गर्नेछु !)

(माडीका युवा नेता सन्तोष पनेरुको फेसबुक पेजबाट)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.