माया र पिरतिका धेरै प्रश्नहरुको उत्तर भेटिने किताब, प्रचण्ड-सीताको जोडी

0 487

बैबाहीक बर्षगाठँ मनाउने चिज हो कि होईन थाहा छैन् तर यो असामान्य जोडी यो दिनको शुभकामनाको पुरै हकदार छ । हामी कहाँ धेरै उदाहरण छन् माया–प्रितीका ! लैला मजनु, रोमियो-जुलियट, नेपालमा पनि हामी मुना–मदनको चर्चा गरिराख्छौं ।

श्रीमतीको माया कति लाग्छ, कसरी गरिन्छ ? श्रीमान् हुनुको अर्थ के हो ? आधिँ र तुफानहरु आउदाँ कसरी श्रीमतिको पछ्यौरीले ढाक्छ श्रीमान् लाई ? जिवनका धेरै प्रश्नहरुको उत्तरको किताब हो यो जोडी ! यसो लेख्दा राजनैतिक पक्षधरताका कारण नेतृत्वलाई दिईएको तालि देखिएला तर बिशुद्ध ब्यबहारीक जिवनको कसीमा राख्दा, समर्पण र साथका हिसाबले, सम्बेदना र संघर्षका हिसाबले, माया र पिरतिका हिसाबले प्रचण्ड-सीताको जोडी एउटा अनुकरणीय जोडी हो !

जनयुद्धका भिषण दिनमा मात्रै होईन, क्रान्तिकारी आन्दोलनका सरुवातकै दिनहरुमा सीता दाहाल प्रचण्डको उत्प्रेरक,सहयोद्धा र सहयोगी हुने मात्रै होईन, राजनैतिक, बैचारीक र सागंठनिक हिसाबले पनि सहयात्री नभईदिएको भए आज यो सबै संभब हुन्थ्यो होला त ? कहिले काही मनमा यो प्रश्न आईरहन्छ । सामान्य ब्राह्मण्ड परिवारबाट बिबाहमा बाधिँएर,देशको सबैभन्दा गतिशिल राजनैतिक परिवारमा बदलिनु कुनै सामान्य कुरा थिएन । यो सीता-प्रचण्डको जोडीले ब्यबहारमा प्रमाणित गरेको कुरा हो । आफ्नै ज्यान जोखिममा राखेर लड्ने मात्रै होईन आफ्नै काखमा दुई सन्तानको अल्पायुमै भएको मृत्युको ब्यथा खप्दै एक अर्काको साहारा बनिरहेको छ यो जोडी । थलिएको शरिर,असामान्य शारीरिक हाउभाउ, रोगले गर्दा लवज लटपटिदै गरेकी श्रीमतिलाई एक हातले समातेर अर्को हातले पत्रकारहरुको उत्तरका लागी बोलिराखेका प्रचण्डलाई जब एयरपोर्ट र निबासमा देख्छु हृद्धयमा छुट्टै श्रद्धा जाग्छ । कुनै एक बिहानको खानाका क्रममा रेनु दिदिले भनेको एउटा प्रशंग याद आयो, ‘बुबाका लागी ममि जति प्रिय त हामी ४ छोराछोरी पनि भएनौं, बरु हाम्रो ब्यबस्थापन,बिहेबारी र कार्यक्षेत्र पर पर भैराख्यो तर सबैभन्दा गारो समयमा पनि बुबाले ममिलाई छोड्नु भएन, ममिले बुबालाई एक्लो हुन दिनु भएन, हाम्रा बुबा-ममिको प्रेम देखेर मै त छक्क पर्छु ‘ |

छविलाल दाहाललाई प्रचण्ड बनाएको नेपाली जनताले नै हो, तर सिता दाहालले पनि हो । यो देशका राजनितीक–सामाजिक परिवर्तनको मूख्य ब्याक्तित्व अध्यक्ष प्रचण्ड, आमा सिता दाहाललाई यो बिशेष दिनको बधाई |

ति दिनहरुमा ४ छोराछोरी र श्रीमानलाई सीता दाहालले अभिवाभकत्व दिईन्, यि दिनहरुमा श्रीमान् प्रचण्ड र२ छोरी सीता दाहालको बैशाखी बनेका छन् ।

आमाको स्वास्थ सुधारको कामना !!

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.