लकडाउनको बिचमा कुनै प्रकारको भर्ना र शुल्क असुली नगर्नु : शिक्षा मन्त्रालय

0 129

विद्यार्थी भर्ना बैशाख २६ बाट खुल्ने ‘समाचारहरु’लाई खारेज गर्दै मन्त्री स्तरिय निर्णयको आधारमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आजै एक बिज्ञप्ति जारी गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, कुनै पनि विद्यालयले हाललाई कुनै पनि कक्षा वा तहमा भर्ना गर्न पाइने छैन र अनलाइन कक्षा वा अरु कुनै बहानामा शुल्क लिन पाइनेछैन ।

त्यसैगरी कक्षा १०,११ र १२ को परिक्षाको बारेमा सूक्ष्म अध्ययन भैइरहेको र हाल सम्म नयाँ निर्णय नलिइएको मन्रालयले प्रस्ट पारेको छ । बिज्ञप्तिमा भनिएको छ,(यसअघिकै निर्देशन अनुसार) एक महिनाको आवासीय बाहेकको शुल्क मिनाहा गर्ने मन्त्रीपरिषदको निर्णय शिघ्र कार्यान्वयन गरि अविभावक र स्थानीय सरकारलाई आवश्यक जानकारी दिनु ।

यस सन्दर्भमा आएका बिभिन्न आरोप र समचारहरु माननीय वारे शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई राखिएको जिज्ञसामा उहाँले भन्नुभयो ‘भनेको एउटा आयो अर्कै र कतिपयको बुझाई रह्यो झन अर्कै ! यस्तो संवेदनशील बिषयमा बक्तब्य जारी गरेर प्रष्ट पार्छौं ।”


मन्रालयले बिज्ञप्ति मार्फत बिषय प्रष्ट पारे संगै सरोकारवाला बिधार्थी संगठन र अभिवाभकहरुले यसको प्रशंसा र स्वागत गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.