कोरोनासगं जुध्न सर्बदलिय/सर्बपक्षिय संयन्त्र बनाउ – दिपशिखा

0 53

राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कोराना भाइरसविरुद्धको अभियानलाई सफल पार्नका लागि सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केन्द्रमा सरकारसहित सर्वदलीय संयन्त्र, युवा विद्यार्थी तथा राजनीतिकर्मीको सर्वपक्षीय परिचालन कार्यदल बनाउन उनले प्रस्ताव गरेका हुन् ।

स्वदेश फर्किएकाहरुलाई हिनताबोध नहुँनेगरी विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न सापकोटाले स्थानीय सरकार, तीनका प्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरेका छन् ।


आवश्यक परेमा आफूहरु भोलेन्टियररुपमा काम गर्न तयार गरहेको बताउँदै संयोजक दीपशिखाले बिना आग्रह पूर्वाग्रह अवस्था बिग्रन नदिन लाग्नुपर्नेमा जोड दिएका छन् । उनले सबैको प्रयास भएमा कोरोना भाइरसविरुद्धको अभियान जितिने बताएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.