चालिस करोड लागतमा खुल्यो भरतपुर महानगरमा अन्तराष्ट्रीय स्तरको स्कुल

0 396

भरतपुर महानगरपालिका–७ तेह्साल चोकमा ४० करोड लगानीमा अन्तर्राष्ट्रियस्तरको स्कुल स्थापना भएको छ ।

अंकुरम एकेडेमी नाम दिइएको यो स्कुललाई नयाँ व्यवस्थापन र लगानीसहित सञ्चालन गर्ने तयारी गरिएको हो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष आनन्दबहादुर चन्दले चितवनका बालबालिकालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्कुल सञ्चालनको तयारी गरिएको बताए । चन्दसहित अन्य पाँच जनाको लगानी रहेको यस एकेडेमी वैशाख १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको छ । ‘अहिले विद्यालयको भौतिक संरचना निर्माणको सम्पूर्ण काम सकिएको छ अब रंगरोगनमात्र बाँकी छ’ चन्दले भने । ६६ वटा कोठासहित निर्माण गरिएको यस स्कुलमा ४० करोड लगानी गरिएको छ ।

स्कुलमा नै अत्याधुनिक कक्षा कोठा, स्विमिङ पुल, पूरै एयर कन्डिसनसहित कक्षा १२ सम्म विज्ञान र व्यवस्थापन पढाउने तयारी सुरु गरिएको छ । पुरानो लिटल स्टार स्कुललाई परिवर्तन गरेर अंकुरम एकेडमी बनाउन लागिएको हो । एक कक्षादेखि १२ कक्षासम्म नै विद्यार्थीले हरेक विषय फरक फरक कक्षा कोठामा पढ्ने छन् । अध्यक्ष चन्दले प्रत्येक कक्षा कोठालाई उत्कृष्ट ल्याबको रुपमा विकास गरिएको बताए । स्कुलमा अत्याधुनिक सेमिनार हल, चलचित्र भवनसमेत रहने छ । खाना, यातायातलगायत सम्पूर्ण व्यवस्था एकेडमीमा नै गरिने तयारी गरिएको छ । विद्यालयमा कक्षा ५ सम्म शिक्षकहरु आवासीयरुपमा विद्यालयमा नै बस्नेछन् भने विद्यार्थीहरुको सैद्धान्तिकसहित व्यवहारिक अभ्यासमा विशेष ध्यान दिइने विद्यालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.