कोरोना भाईरस वारे राष्ट्रिय युवा संघले गरायो सरकारको ध्यानाकर्षण

0 48

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संगठनले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि राज्यले दिने जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राज्यले दिने जुनसुकै जिम्मेवारी पुरा गर्न आफ्नो संगठन तयार रहेको बताए ।


संगठनले कोरोना भाइरसको संक्रमण देखिएका देशबाट नेपाल आउने सबैलाई क्वारेन्टाइनमा राख्न र विमानस्थल तथा भारतीय सीमा नाकामा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्थागर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा कम्तिमा ३ वटा र उपत्यका बाहिरका मुख्य शहरमा एक एक वटा अस्थायी अस्पतालको व्यवस्था गर्न पनि संगठनले सरकारलाई सुझाव दिएको छ । संगठनले स्वास्थ्यकर्मीमा संक्रमण नहोस् भनेर आवश्यक सबै सामाग्रीको व्यवस्थ ागर्न सरकारसँग माग गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.