कोरोना भाईरस भ्रम र बास्तबिकता

0 1,848

✍️ केशव प्रसाद भट्ट

चीन बाट सुरु भयको कोभिड -१९ ले आज बिश्व त्रशित छ। केही दिन अघि चिनमा केही कम भएको भनियको यो भाइरल संक्रमण आज फेरि कोरिया लगायत खाडी मुलुकहरूमा पनि देखियकोले निकै सचेत हुनुपर्ने अबस्था आयको छ। आजसम्म ६० भन्दा बढी देशमा फैलिएको र करिब ८६ हजार संक्रमीत भैसकेको अबस्था छ भने ३ हजार को हाराहारीम मृत्यु भैसकेको छ। धेरै नेपालीहरु रहेको खाडी मुलुकहरूमा पनि यो संक्रमण भेटिन लागेपछि नेपाल अब झन् जोखिममा परेको छ किनकि खाडी देश जानुभएका नेपाली हरु फर्किने क्रम सुरुवात भयमा र नेपालको एयर पोर्टमा उच्च सतर्कता नअपनाउने हो भने विश्व स्वास्थ संगठनले भनेको अनुसार नेपाल उच्च जोखिममा पक्कै पर्नेछ। यसबाट बच्न उपयुुक्त मानियको माक्स बजारमा नेपालीको पहुँच भन्दा धेरै माथी पुगेको छ, संक्रमण सुरु नहुदै खाली भएको बजार यदि भाइरस आयमा नियन्त्रण गर्न नसकिने निस्चित प्राय छ।

उचित स्रोत र साधन नभएको हाम्रो देशमा यदि कोरोनाको महामारी फैलियो भने पक्कै पनि हाम्रो माझ ठूलो खतरा हुन सक्छ। सरकारले लियको सतर्कताले मात्रै पुग्ने वाला छैन हामी सबै नेपाली आ-आफ्नो ठाउँ बाट सचेत भयर बस्नुपर्ने बास्तबिकता लाई नकार्न सकिन्न साथै निजि क्षेत्रबाट पनि यसको रोकथाम र सचेतनामा समयमै ध्यानाकर्षण हुन जरुरी छ। हामी अहिलेसम्म आफुलाइ भाग्यमानी ठानेर बसिरहेका छौ किनकि सबैभन्दा नजिकैको छिमेकी मुलुक भयर पनि आजसम्म संक्रमण बाट बचेका छौ तर भाग्यले भाइरस छेक्न सक्दैन यसबाट बच्न उच्च सतर्कता अपनाउनु बाहेक अरु विकल्प छैन।

बजारमा भएको माक्सको समस्या समाधान गर्ने, समुदायले गर्ने विभिन्न भिडभाड जन्य कार्यक्रम रोक्ने, जुनसुकै देश बाट आयका यात्रुलाई चेक जाँच गर्ने, सकिन्छ भने सबै देशको आगमन रोक्नुपर्ने देखिन्छ , सरकारले आफ्ना मातहतका सबै स्वास्थ सस्थामा उपचारको ब्यबस्थापन साथै चेतनामूलक कार्यक्रम गर्न निर्देशन गर्नुपर्छ। क्यान्सर लाई त उपचार गरेर निको हुन्छ आत्मबलले निको हुन्छ भने यो त भाइरस हो त्यति धेरै आत्तिनु पनि हुँदैन।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.