भरतपुर महानगरपालिकाद्वारा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि अनुगमन

0 339

भरतपुर महानगरपालिकाद्वारा बिहिबार सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि अनुगमन को कार्य गरिएको छ।

महानगरबाट खटिएको अनुगमन टोलीले आज भरतपुर १० स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज वरिपरिका पसल, होटल र रेष्टुरेन्टमा सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाको अनुगमन गरेको हो।

टोलीले अनुगमन गरेका २६ वटा पसल, होटल र रेस्टुरेन्टमध्ये १६ स्थानमा विभिन्न किसिमका सुर्तिजन्य पदार्थहरु फेला पारेर जफत गरेको छ। यिनमा भोला, रजनिगंघा, सूर्ति, शुद्ध प्लस रेड, राज निवास, तुलसी, मेघ दूतजस्ता ब्राण्डका गुट्खा र अनेक ब्राण्डका चुरोट रहेका छन्। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार टोलीले तत्काल (On the Spot) जरिवाना लगाएको हो।


भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थ रहित बनाउने अभियानको हिस्सा अन्तर्गत अनुगमनको कार्य शुरू भएको छ। केही समयअघि महानगरपालिका कार्यालयले विभिन्न सञ्चार माध्यमद्वारा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएकोबारे सूचना सम्प्रेषण गरेको थियो।

यस्तो अनुगमनको कार्य आगामी दिनमा थप सक्रियतापूर्वक हुने महानगरका उप सचिब प्रधुम्न उपाध्यायले जानाकारी दिनुभयो ।

भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र बनाउने अभियानमा सम्पूर्ण महानगरवासीले सहयोग गर्ने बिश्वास महानगर प्रमुख रेनु दाहालको रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.