ब्यबस्थित सवारी ब्यबस्थापनका लागी भरतपुर महानगरद्धारा साना सवारीलाई रुट स्टिकर बितरण

0 196

भरतपुर महानगरमा विद्यमान यातायात व्यवस्थालाई चुस्त र सेवाग्राही मैत्री बनाउन महानगर कार्यालयले आज रूट स्टिकर हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले स्याथानि यातायात समितिहरूसंग सहकार्य गर्दै,साना सवारी साधनहरु (magic) लाई एक कार्यक्रम बीच आज रूट स्टिकर हस्तान्तरण गरेको हो ।

कार्यक्रमको महानगर प्रमुख रेनु दाहालले सवारीहरुमा स्टीकर टासँ गरी सुरुवात गर्नु भएको थियो । सो अबसरमा प्रमुख दाहालले उचित र बैज्ञानिक सवारी ब्यबस्थापनलाई पनि भरतपुरको सौन्दर्यको रुपमा बिकास गर्न खोजिएकाले सबैलाई सहयोगको अपिल गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई,महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी, प्रहरी उपरिक्षक नान्तिराज गुरुगं लगायतको उपस्थिति रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.