प्रचण्डसगंको टेलिफोन संबाद पछी वडाध्यक्ष पौडेलद्धारा अनसन स्थगन

0 858

चितवन : भरतपुर महानगरकी मेयर रेनु दाहालको अगुवाईमा अनसनरत माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोडेका छन् । राष्ट्रिय निकुन्जको ऐन संशोधनको माग गर्दै अनसनरत वडा अध्यक्ष पौडेललाई मेयर रेनु दाहालसहितको टोलीले जुस खुवाएर अनसन तोडाएका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डको मागवारे एकेबद्धता र सामाधानको प्रतिबद्धता, एंव प्रधानमन्त्री समेत माडीका मागवारे ध्यानाकर्षणपछी मेयर रेनु दाहाल, जिल्ला स्थित नेता, प्रजिअ लगायतको उपस्थितिमा भरतपुर अस्पतालमा माडी १ का वडाध्यक्ष कृष्ण पौडेलले अनसन तोडेका हुन् ।
विगत ७ दिनदेखि विभिन्न माग राख्दै आमरण अनसन बसेका उनले समग्र माडी वासीका मागका विषयमा राज्य पक्षबाट उचित सम्बोधन भएकोमा खुसी समेत व्यक्त गरे ।

‘मेरो निर्वाचन क्षेत्रको सासंद,मेरो अभिवाभक पनि हुनुहुन्छ,प्रचण्ड ! उहाँसगंको टलिफोन सम्बाद पछी, उहाँ माडीको यो न्यायको आन्दोलनमा आफ्नो ऐकेबद्धता र अन्तिम सम्म साथ रहने प्रतिबद्धता ब्यक्त गरेपछी उहाँको बिश्वासमा हात्ति पिडित आमालाई साक्षिँ राखेर,मेयर रेनु दाहाल समेतको उपस्थितिमा मैले तत्कालको लागी अनसन तोडेको छु ! माडीको लागी बिद्रोहको लडाई म अन्तिम सम्म लडिरहनेछु !’ – वडाध्यक्ष कृष्ण पौडेल

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.