धान्यानचलमा शुक्रबारमात्रै नौं करोडको सहयोगको घोषणा

0 1,730

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आज (शुक्रबार) अहिलेसम्मकै धेरै आर्थिक सहयोग संकलन भएको छ । आज धनधान्याचल महोत्सवमा अहिलेसम्मकै धेरै आर्थिक संकलन भएको मुलआयोजक समिति संयोजक बिजय सेवेदीले जानकारी दिए । आज (शुक्रबार) एकै दिन करिब ९ आर्थिक सहयोग संकलन भएको सुवेदीले बताए । जसमध्य आज ७ करोड ११ लाख सहयोग घोषणा भएको र बाँकी नगद प्राप्त भएको उनले बताए ।

रंगशाला निर्माणकालागि बाग्मतीप्रदेश सरकारले ५ करोड सहयोग घोषणा गरेको छ । धनधान्यान्चल स्थलमै पुगेर बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुललाले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका हुन् । यस्तै उनले आवश्यक सहयोग र संयोजनकालागि प्रदेश सरकार सधैं तयार रहेको बताए ।

नवलपुरको गैडाकोट नगरपालिकाले १ करोड बराबरको सालको काठ सहयोग गर्ने घोषणा गरेको छ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले धनधान्यान्चल स्थलमै पुगेर एक करोड बराबरको सालको काठ सहयोग गर्ने घोषणा गरेका हुन् ।
यस्तै चितवन मेडिकल कलेजले निर्माणाधिन रंगशालामा ५० लाख बराबरको मेडिकल सेन्टर भवन निर्माण गरिदिने घोषणा गरेको छ । धनधान्यान्चल महोत्सव स्थलमा पुगेर मेडिकल कलेजका अध्यक्ष एव प्रवन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले उक्त घोषणा गरेका हुन् ।


रंगशालामा खेल खेल्न आउने खेलाडी तथा स्थानीय बिरामीलाई लक्षित गरी मेडिकल सेन्टर स्थापना गरिने उनले बताए । यस्तै सीएमसीले रंगशाला निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग पनि गरेको छ ।

शुक्रबार नै भरतपुरका बिभिन्न टोल सुधार समितिहरुले ५२ लाख नगद सहयोग गरेका छन् । यस्तै एनपिआई गु्रपले २१ लाख ११ हजार एक सय ११ सहयोग घोषणा तथा नेपाली शैक्षिक महासंघ भरतपुरले १३ लाख ६१ हजार ८ सय १९ नगद सहयोग गरेको छ ।

प्रेस संगठन चितवनका सदस्य समेत रहेका चलचित्र पत्रकार रवि अधिकारीले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । अधिकारीले रंगशाला निर्माणका लागि एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उनले यस अघिपनि दुई पटक रंगशाला निर्माणका लागि सहयोग गरिसकेका छन् । उनले पहिलो पटक ५ हजार र दोस्रो पटक १७ हजार रुपैयाँ बराबरको स्पिकर सहयोग गरेका थिए ।

यस्तै आज बिभिन्न संघसंस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुलआयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । अन्यदिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । शनिबार सहयोगी दाताहरु अझै बढ्ने मुलआयोजक समितिले जनाएको छ ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुखबाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.