भरतपुरलाई अब हामी शिक्षाको नयाँ हब बनाउछौं – मेयर रेनु दाहाल

0 432

चितवन, २४ माघ। चितवनको नेपाल पुलिस स्कूल शान्तिपुरले प्रथम वार्षिकोत्सब मनाएको छ। भरतपुर महानगरपालिका १४ मा रहेको सो विद्यालयले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी प्रथम अभिभावक दिवस मनाएको हो।

कार्यक्रमकी प्रमूख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्थानीय स्तरमा विश्वसनीय वातावरण बनाउन विद्यालयलाई आग्रह गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय जनताका छोराछोरीले पनि विद्यालयमा पढ्न पाउने योजना तयार गर्न सुझाव दिइन्। विद्यालयको इतिहास स्मरण गर्दै मेयर दाहालले यस ठाउँको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिइन्।

प्रहरी विद्यालयसँग सोहि विषयमा गरिएको समझदारी कार्यान्वयन गर्न निर्देशन समेत दिइन्। मेयर दाहालले यसै क्षेत्रमा छिट्टै खुल्ला विश्वविद्यालय बनाउने गरी तयारी भइरहेको बताइन्। भरतपुर क्षेत्रलाई शैक्षिक हवको रूपमा विकास गर्ने गरी तयारी अघि बढेको उनको भनाइ थियोे। जनचाहना अनुसार काम भइरहेको भन्दै मेयर दाहालले अब २ वर्षमा भरतपुरको मुहार नै फेरिने दावी गरिन्।

कार्यक्रममा यसअघिको आधारभुत विधालय शान्तिपुरका पूर्वअध्यक्ष हरिश्चन्द्र दाहाल, चेतनाथ न्यौपाने, धर्मनाथ न्यौपाने, हरि प्रसाद आचार्य लगायतलाई सम्मान गरिएको थियोे। कार्यक्रममा मन्तव्य राख्दै पूर्वअध्यक्ष हरिश्चन्द्र दाहालले विधालयमा सबै जनताको पहुँच कायम गर्न अक्षयकोष स्थापना गर्न माग गरे।

विद्यालयमा गरीबका छोराछोरी पनि पढ्ने वातावरण बनाउन कोष आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रदर्शन गरेका थिए। सोही अवसरमा उत्कृष्ट शिक्षक र गुरुलगायत विधार्थीहरूलाई सम्मान गरिएको थियोे।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.