मेयर रेनु दाहालको पहलपछी भरतपुरमा सिटी हल बनाउन अर्थमन्त्रालयद्धारा बजेट सुनिश्चितता

0 1,140

अर्थ मन्त्रालयले स्रोत सुनिश्चताको निर्णय गरेसंगै भरतपुर महानगरपालिकाको बहुचर्चित सिटीहल निर्माणको सुनिश्चिता भएको छ । स्विकृत गुरुयोजना र प्रश्ताबित (झण्डै एक अर्ब साठी करोड ) लागत अनुमान बमोजिम निर्माण कार्य गर्दै जाने गरी हाललाई ७१ करोड ७० लाख रकमको बहुबर्षिय ठेक्का अगाडी बढाउन बिहिबार अर्थ मन्त्रालयले शहरी बिकास मन्त्रालयलाई पत्रचार गरेको हो ।

यो निर्णय संगै सिटी हल निर्माण को सबै आशंका दुर भएको र महानगरले गर्व गर्न सक्ने महत्वपुर्ण परियोजनाको बजेट निश्चत भई टेण्डर हुन लागेकोमा महानगर प्रमुख रेनु दाहालले खुशी ब्यक्त गर्नुभयो । बिबिध कामले गत साता देखी राजधानि काठमाडौं रहेकी प्रमुख दाहालको लगातारको मेहिनेतले झण्डै चार अर्बका बिभिन्न योजनाको बजेट महानगरले प्राप्त गरेको छ ।

सिटी हल भरतपुर स्थित जिल्ला समन्वय समितिको खालि जमिनमा बन्दैछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.