सौराहामा गैडा माथि दुर्ब्यबहार:गैडा माथि बस्न खोज्नेलाई कारबाही होला ?(भिडियो सहित)

0 180

माघ १२, विश्वकै दुर्लभ एक सिंगे गैडा गाउमा चर्न पसेको समयमा स्थानियले गरेको ब्यबहार अहिले सामजिक संजालमा भाइरल भएको छ।सौराहामा खिचिएको उक्त भिडियोमा गैडा गाउमा चर्न गएको समयमा स्थानिय भने सो गैडा माथि चढ्न खोजेको देखिन्छ।अहिले खिचिएको भिडियोमा गैडा माथि चढ्न खोजेको,गैडालाइ जिस्क्याएको,गैडाको गोप्य अंगमा छुन खोजिएको जस्तो देखिएको छ।केहि समय अघिपनि सो स्थानमा गैडा माथि बसेर खिचिएको फोटो भाइरल भएपछी निकुञ्ज प्रशासनले कारबाही गरेको थियो।


सो घटना सेलाउन नपाइ पुन अर्को घटना सौराहामा घटेको हो।बुढो जस्तो देखिने गैडालाइ दुर्ब्यबहार गर्ने मानिसको पहिचान भने भएको छैन।जंगलमा चरनको अभाब भएपछि गैडाहरु गाउ बस्ने क्रम जारि रहेको छ। यस्तो अवस्थामा केहि गैडाले मानिसलाइ समेत आक्रमण गरिसकेको घटनाहरु सार्बजनिक भैरहेको अवस्थामा गैडा माथि चढ्नु,जिस्क्याउनु राम्रो कार्य नभएको चित्रसेन मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पुष्प श्रेष्ठले बताउनुभयो।

निकुञ्ज प्रशासनले गैडा माथि चढेर जिस्क्याउने मानिसलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै उहाले यस्तो घटना घट्न नदिन निकुञ्ज प्रशासन चनाखो हुनुपर्नेमा जोड दिनुभयो।स्थानियहरुलाई जनचेतनाको कार्यक्रमहरु गर्न नसकिएको स्वीकार गर्दै आगामी दिनमा यस्ता घटना नघट्ने दाबि गर्नुभयो।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.