माडीको डुंगा दुर्घटना:प्रहरी जवान उद्दार नगरी हेरेरै बसे (भिडियो सहित)

0 122

माघ ०१, माडीको दिवानगरमा आज भएको डुंगा दुर्घटनामा मानबिय क्षति नभएपनि आर्थिक क्षति भएको छ ।४ वटा ड्रम जोडेर निर्माण गरिएको सो डुंगामा क्षमता भन्दा धेरै यात्रु हुनाले डुंगा पल्टिएको हुन सक्ने आसंका गरिएको छ।उक्त दुर्घटनामा परि ठुलो मानबिय क्षति भने हुन पाएन।सो दुर्घटना हुने स्थलमा इलाका प्रहरी कार्यालय बसन्तपुरको टोलि खटिएको थियो।तर डुंगा पल्टिए पछि पनि प्रहरी जवानहरु हेरेरै बसेको  भिडियो सार्बजनिक भएको छ।प्रहरीको मुख्य जिम्मेवारी भनेको जनताको सुरक्षा गर्नु हो । तर सो दुर्घटनामा प्रहरी टोलीले उद्दारमा कुनै चासो नदिएको भेटिएको छ ।डुंगा दुर्घटना भए लगत्तै बाहिर बाट तथा आयोजकको टिमले उद्दार गरि पानि बाहिर निकालिएको थियो तर प्रहरी जवान भने हेरेर मात्र बसेका थिए ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.