राष्ट्रिय सभाका लागि नेकपाका उम्मेदवारको मनोनयन दर्ता सम्पन्न:३ नम्बर प्रदेशबाट गंगा बेलबासे र बेदुराम भुसाल उम्मेदवार

0 100

पुष २०, पुर्ब निर्गारित कार्यक्रम अनुसार माघ ९ मा राष्ट्रिय सभाको १८ सदस्य पदका लागि चुनाव हुदैछ । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ देखि स्थायी समिति सदस्य वेदुराम भुषालसम्म चुनावी प्रतिस्पर्धामा छन् ।

मुख्यतः चुनावमा काँग्रेस र नेकपाकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।यसैबीच राष्ट्रिय सभा सदस्यका लागि ३ नं प्रदेशका लागि नेकपाका उम्मेदवार गंगा बेलबासे र बेदुराम भुसाल मनोनयन दर्ता गर्नुभएको छ ।

आज बिहान उहाहरुले उमेद्वारका लागि मनोनयन दर्ता गर्नुभएको हो ।नगर र गाँउपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु निर्वाचनका मतदाता हुने भएकाले पनि नेकपाले आफुले उम्मेदवारी दिन लागेका १६ पदमै चुनाव जित्ने र २ सिटमा राजपाले चुनाव जित्ने विश्वास लिईएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.