युरोपमा नेपाल भ्रमण सफल पार्न नेपालीहरु सक्रिय

0 5

पुष १९, नेपाल भ्रमण वर्ष शुरु हुन केही दिन मात्र बाँकी थियो । बेल्जियममा रहेका अनिल थापाले नेपाल भ्रमण वर्षका स्टिकर तथा नेपालका पर्यटकीय गन्तव्यका ब्रसरहरु जहाँ जहाँ गयो, त्यहाँ बाडिरहेका थिए ।

उनले आफ्नो कारमा पनि नेपाल भ्रमण वर्षको स्टिकर लगाइसकेका थिए ।

नेपाल भ्रमण वर्ष हामी सबै नेपालीको साझा कार्यक्रम हो, उनले भने, नेपाली जो जहाँ रहेपनि भ्रमण वर्ष सफल पार्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो ।

बेल्जियमका थापा मात्र होईन, नर्वेमा नेपाली जनसम्पर्क समितिका सभापति जितेन्द्र शाही पनि नर्वेजियनहरुसंग निरन्तर रुपमा नेपाल भ्रमणका विषयमा जानकारी दिन र उनीहरुलाई उत्प्रेरित गर्न भेटघाट र छलफल गरिरहेका देखिन्थे ।

एक जना नेपालीले चार जना विदेशीलाई नेपाल भ्रमणका लागि पठाउन सक्यौ भने पनि नेपाल भ्रमण वर्ष सफल हुन्छ, रेष्टुरेण्ट व्यवसायी शाही भन्छन्, रेष्टुरेण्टमा आउने हरेक विदेशीलाई पनि नेपाल भ्रमणका विषयमा जानकारी दिईरहेका छौ ।

शाहीले पनि आफ्नो रेष्टुरेण्टमा नेपाल भ्रमण वर्षको स्टिकर र नेपालको पर्यटकीय गन्तव्यहरुको ब्रसर रिसेप्सनमै राखेका छन् ।

पोर्चुगलमा बिनोद घिमिर पनि भेटे जतिका विदेशी पर्यटकलाई नेपाल र नेपाल भ्रमण वर्षमा बारेमा जानकारी दिईरहेका देखिन्थे ।

जन सम्पर्क समिति पोर्चुगलका सभापति घिमिरेले प्रवासमा हरेक नेपालीले नेपाल भ्रमण वर्षका बारेमा आफूले सके जति प्रचार प्रसार गरिरहेका छन् ।

बिभिन्न संघसंस्थाको पद र जिम्मेवारीमा भएका नेपाली मात्र नभएर कुनै पद र जिम्मेवारीमा नरहेका नेपालीहरु पनि नेपाल भ्रमण वर्ष सफल पार्न उत्तिकै सक्रिय छन् ।

गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाले नेपाल भ्रमण वर्षका बारेमा जानकारी दिन बेल्जियममा आफ्नो शहरका मेयर र स्थानीय सरकारी अधिकारीसंग निरन्तर रुपमा छलफल चलाईरहेकी छन् ।

नेपाल भ्रमण वर्ष सफल पार्न हामी सबै नेपाली सक्रियतापूवर्क लागेका छौ, युरोपकी महिला संयोजक थापाले भनिन, नेपालका बारेमा बेल्जियिनहरु अत्यन्त सकारात्मक छन् । उनीहरु नेपाल घुम्न ईच्छुक पनि छन् । नेपाल भ्रमण वर्षका अवसरमा हामीले उनीहरुलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेका छौ ।

नेपाल भ्रमण वर्ष सफल पार्न युरोप गैर आवासीय नेपाली संघ र प्रवासमा रहेका नेपालीहरु सक्रियता रुपले लागेका छन् ।

प्रवासमा रहेका हरेक नेपालीको आफ्नो देशप्रतिको प्रेम र लगाव कति छ भन्ने स्वस्र्फुत रुपमा उनीहरु नेपाल भ्रमण वर्ष सफल पार्न लागेबाट थाह हुन्छ, गैर आवासीय नेपाली संघ युरोपका संयोजक नारायण आचार्यले संघले युरोपमा रहेका नेपाली दूतावास र बिभिन्न संघसंस्थासंग समन्वय गरेर पर्यटन भ्रमण वर्षका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.