आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

0 26

मंसिर १० , धनगढी उपमहानगरपालिका–७ मा आगोबाट जलेर मंगलबार एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

शरीरमा एक्कासि आगो सल्किन गई गम्भीर घाइते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.