२५ किलो सुन तस्करी गर्नेविरुद्ध ३० करोड बिगो दाबी गर्दै मुद्दा दर्ता

0 24

मंसिर १० , २५ किलो सुनसहित पक्राउ परेका व्यक्तिविरुद्ध ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले विभिन्न पटक गरी अवैध रुपमा २५ किलोसम्म सुन चोरी पैठारी (तस्करी) गरी राजश्व छलि गरेको अभियोगमा तोप्के भोटेसहित ७ जनाविरुद्ध जिल्ला अदालत संखुवासभामा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले तोप्केलाई ५ किलो सुनसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको थियो ।

तोप्केमाथि थप अनुसन्धान गर्दा उनले अन्य ६ जनासँग मिलेर त्यसअघि पनि पटक पटक गरी २५ किलो सुन तस्करी गरेको भेटिएको हो । राजश्व अनुसन्धान विभागले तोप्केका अतिरिक्त रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

उनीहरुले १५ करोड १३ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सुन तस्करी गरेको विभागले जनाएको छ । सुनको मूल्य बराबर राजश्व छलि गरेको तथा विदेशी विनिमय अपचलन गरेको भन्दै विभागले उनीहरुबाट ३० करोड २६ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.