बग्दादी मारिएपछि आइएसले गर्‍यो अल हाशेमीलाई नयाँ नेता चयन

0 30

कार्तिक १५, इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।
बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ ।

सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा गत शनिबार बग्दादीको मृत्यु भएको थियो । उनले एउटा सुरुङभित्र पसेर आत्मघाती विस्फोट गराएका थिए ।

अमेरिकी सैन्य कारबाहीमा सो समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो ।

उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो । आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.