इराकमा सरकार विरोधी पदर्शन जारी, प्रधानमन्त्री राजीनामा दिन तयार

0 14

कार्तिक १५, इराकमा सरकार विरोधी विशाल प्रदर्शन जारी छ । इराकका राष्ट्रपति बरहम सालेहले प्रदर्शनकारिहरुको आक्रोश कम गर्न राजनीतिक सुधारको प्रयास गरेका छन्।

प्रदर्शनको लामो समयपछि टेलिभिजनबाट सम्बोधन गर्दै सालेहले भने कि प्रधानमन्त्री अब्देल अब्दुल महदी राजीनामा दिन तयार छन् तर यसमा संसदको पनि सहमति आवश्यक छ ।

सालेहले भने कि छिट्टै निर्वाचन गराउनका लागि आगामी हप्ता संसदमा एक विधेयक पेश हुने छ । इराकमा भइरहेको सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म एक सय जनाको ज्यान गुमिसकेको छ ।

प्रदर्शनकारिहरुको भनाई छ कि देशमा देशमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल छ । उनीहरुले प्रधानमन्त्री महदीको राजीनामा माग गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.