बाँसको पुल तर्न ५० रुपैया कर निर्माण शुरु भएको ८ वर्षमा पनि बनेन पक्कि पुल

0 7

कार्तिक १५, झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गर्नुभएको छ । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो ।

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशी बताउनुहुन्छ ।

झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । यो समाचार कारोबारमा मनिषा चम्लागाइँले लेख्नुभएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.