३ लाखसहित पोखरामा १० जुवाडे पक्राउ

0 12

कार्तिक १४ , वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालउ प्रमुख कोमल शाहले जानकारी दिनुभयो ।

पोखरा-८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको शाहले बताउनुभएको छ । वडा प्रहरी कार्यालयले तिहारको समयमा मात्रै ४१ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.