पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु

0 24

कार्तिक १४, पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ । तेज गाम एक्सप्रेसको उक्त रेल कराचीबाट रावलपिण्डीको बीचमा चल्ने गर्छ । रावलपिण्डी तर्फ जाँदै गरेको सयमा उक्त रेलको तीनवटा डिब्बामा आगलागी भएको थियो ।

रहीम यार खान जिल्लाका डीपीओ अमीर तैमुर खानका अनुसार आगलागीका कारण ४६ जना मारिएको पुष्टि भएको छ भने अन्य ४२ जना घाइते भएका छन् । रेल मन्त्रीका अनुसार रेलमा यात्रा गरिरहेका यात्रुले रेलमा खाजा बनाउन थालेको बेलामा ग्यास सिलिन्डल विस्फोट भएर आगलागी भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.