राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र

0 7

कार्तिक १३, नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको बताए । ‘कप्तान पारसको राजीनामा आईसकेपछि र फेरी कप्तानमा उनी नफर्कने बताएपछि अध्यक्ष, सचिव र प्राविधिक समितिको छलफलले अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएकाे छ’ प्याकुरेलले भन्नुभएको छ ।

सचिव प्याकुरेलले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज नेपालले ज्ञानेन्द्रको कप्तानीमा मैदान उत्रने बताउनुभएको छ ।

‘नेपालले यसै साता एमसीसीसँग खेल्दैछ र चांडै नेपालले धेरै सिरिज खेल्दैछ । जसको लागि हामीले ज्ञानेन्द्रलाई कप्तान बनाएका हौं । अर्को निर्णय नभएसम्म अरु कप्तान हुने छैनन्,’ सचिव प्याकुरेलले थप्नुभयो ।

नेपाली टोलीको उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई चयन गरिएको छ । पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा मेलबाट राजीनामा पत्र बुझाएका थिए ।

पारसको राजीनामा पाएसँगै क्यानले ज्ञानेन्द्रलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । यसअघि ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा पनि कप्तानी सम्हाल्दै आएका थिए ।

अब नेपालले लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसीसी टिमसँगको सिरिज ज्ञानेन्द्रको कप्तानीमा खेल्नेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.