मिस्टर नेपालको चितवन अडिसन कार्तिक २५ गते हुदै

0 8

कार्तिक ०९, मिस्टर नेपाल २०१९ को चितवन अडिसन कार्तिक २५ गते हुने भएको छ । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले भरतपुरमा पत्रकार सम्मेलन गरी अडिसन बारे जानकारी दिएको हो । एक्सपोज नेपालले आयोजना गर्दै आइरहेको सो प्रतियोगितालाई विमोचन इभेन्टले संयोजन गरेको हो ।

विमोचन इभेन्टस्का प्रवन्धक विमोचन आचार्यले अडिसनका लागि फारम खुला गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १७ देखि ३२ वर्षसम्मका युवाहरुले सहभागिता जनाउन पाउनेछन् । । गतवर्षको संस्करणको विजेता चितवनकै विकल्पराज श्रेष्ठ भएका थिए । श्रेष्ठले यस प्रतियोगिताले मनोवल उच्च बनाउनुको साथै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने मौका दिने बताए । संचारकर्मी मनोज घिमिरेले पनि अडिसनमा सहभागिता जनाउन युवाहरूलाई आग्रह गरेका थिए । प्रतियोगिताका अडिसनहरु कार्तिक २३ गतेदेखि सुरु हुँदैछन् । चितवन बाहेक काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, धनगढी, इटहरीलगायतका ठाउँहरुमा पनि अडिसन गरी प्रतियोगीहरू छनौट गरिने बताइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.