जापानमा १८ लाख अमेरिकी डलर बराबरको हीरा चोरी

0 10

कार्तिक ०८, जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.