सुलेमान (इकु) को निर्देशनमा ब्ल्याक बोर्ड

0 3

कार्तिक ०८,  हास्यकलाकार सुलेमान शंकर (इकु) को निर्देशनमा बाल मनोविज्ञानमा आधारित नेपालि चलचित्र ब्ल्याक बोर्ड निमार्ण हुने भएको छ ।

आज भरतपुर मा पत्रकार सम्मेलन को आयोजना गर्दै फिल्म युनिट ले उक्त जानाकारी दिएको हो । अर्जुन सापकोटा र स्वर्णिम पाण्डे को प्रस्तुति तथा किरण माईकल घिमिरे र सुदिप आत्रेय को लेखन रहेको उक्त फ्लिममा सम्मान कडेल , निरभिङ्गण घिमीरे सुरेश कडेल र सरला पाण्डे निर्माण गर्न लाग्नुभएको हो । यस्तै प्रकाश लामा, विशाल पौडेल, प्रियांस कडेल सहनिर्माता रहनुभएको छ . कार्यक्रममा बोल्दै फिल्मका निर्देशक तथा कलाकार सुलेमान शंकर (ईकु) ले आफुलाई पुरानो पात्रहरु मा भन्दा निकै फरक रुपमा दर्शकहरुले देख्न पाउने बताउदै चलचित्रमा विकसित हुदै गहिरहेको नेपालि समाजमा अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा सन्तानहरुको मनस्थितिमा कस्तो असर पर्छ र त्यस्ता समस्याहरु लाइ कसरि सामाधान गर्न सकिन्छ भन्ने कुरालाई उठाउन खिजिएको र अध्यारा भित्ताहरुमा उज्याला सपनाहरु को खोजि गरिएको पनि उहाले बताउनुभएको छ ।

किरण माईकलकल घिमिरेकै संगीत रहेको फ्लिममा सरोज खनाल ,अशु न्यौपाने ,भेषराज गौतम लगाएतका कलाकार लाइ देख्न पाइने छ भने दिक्पाल गौतम , जेनिश थपलिया , रक्षा कडेल ,लाइ बालकलाकार को रुपमा प्रस्तुत गरिने छ चलचित्रको क्रियटिभ हेडका रुपमा सशान कडेल रहनेछन यस्तै जनक थपलिया र रविन लिवाङ्ग कार्यकारी निर्माता रहने छन् । चलचित्रको छायांकन चितवन र नवलपरासीमा गरि ९० % त्यस्तै काठमान्डौमा १०% गरिने सम्मेलनमा जानाकारी गराईएको छ । ५० लाख भन्दा बढीको लगानीमा चलचित्र निर्माण हुने बताईएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.