कतारमा नया कानुन: ५ लाख नेपाली लाभान्वित हुने

विदेशी श्रमिकलाई कतारमै बस्नेदेखि कम्पनी परिवर्तन गर्नेसम्मका सुविधा

0 53

कार्तिक ०७, कतार सरकारले सन् २०१७ देखि रोजगारीका लागि आफना देशमा भित्रने आप्रवासी श्रमिकका हकअधिकार व्यवस्थीत गर्ने थालेको छ ।

कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब तोक्ने कानून दुई साताअघि पारित गरेको छ । विदेशी कामदारको न्यूनतम तलबसम्मन्धी कानून बनाउने खाडीका देशमध्ये कतार पहिलो देश बनेको छ ।

सन् २०१७ जुन ५ देखि छिमेकी देशको नाकाबन्दी खेपिरहेको कतारले विदेशी श्रमिकको सेवा सुविधामा भने परिवर्तन गरिरहेको छ । कतार सरकारले अन्तर्राष्ट्रिय समुदायमा कतार श्रम तथा रोजगारमैत्री देश भएको सन्देश दिन प्रयास गरिरहेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले गत बुधबारको मन्त्रिपरिषद बैठकले आप्रवासी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको जानकारी गराएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो कानून सन् २०२० देखि लागू हुने मन्त्री युसुफले बताएका छन् ।

कतार सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र हो । फुटबल आयोजनाका लागि रंगशाला निर्माणका ल्याइएका विदेशी श्रमिकमाथि चरम शोषण गरिरहेको आरोप कतारमाथि लागि रहेको छ ।

आरोपका बीच कतार सरकारले भने विदेशी श्रमिकको सेवा सुविधालाई व्यवस्थित गर्न कानून निर्माण गरेको छ र सेवा सुविधासमेत वृद्धि गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.