तिहारका लागि साढे पाँच अर्बको भाइमसला आयात

0 8

कार्तिक ०७ , तिहार नजिकिँदै गर्दा बजारमा फूल,बत्तीहरु, कृतिम सजावटका सामानहरु, भाइमसला लगायतका विभिन्न वस्तुहरु अत्याधिक खपत हुन्छन्। जस मध्ये बढी खपत हुनेमा भाइमसला पर्छ।

हिन्दु परम्परा अनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई उपहार स्वरुप भाइमसला दिने चलन छ। उसो त बर्सेनि ‘ड्राइ फुड’ आयात हुन्छ तर तिहारमा बढी खपत हुने भएकाले धेरै आयात हुने भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताउनुभयो ।

यस आर्थिक वर्ष २०७६/०७७ (साउन, भदौ र असोज) तीन महिनामा ५ अर्ब ४२ करोड ३९ लाख ६१ हजार पाँच सय ४८ रुपैयाँ बराबरको भाइमसला आयात गरिएको उहाले जानाकारी दिनुभयो ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ३२ लाख १४ हजार आठ सय ४६ रुपैयाँको भाइमसला आयात गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षको र यस आर्थिक वर्षको तुलना गर्दा परिमाण घटेपनि एक अर्ब ४२ करोड रुपैयाँ बराबारले आयात व्यापार बढेको विभागका प्रवक्ता घिमिरेले बताउनुभयो ।

उनले भने,‘नेपालमा स्याउ केरा उत्पादन हुने भएकाले परिमाण घटेको हो। तर काजु,बदाम,पिस्ता लगायतका ड्राई फुडहरु बाहिरबाट ल्याउनु पर्ने भएकाले मूल्य वृद्धि भएको हो।’

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.