दीपक मनाङ्गेको जीवनीमा नेपाली चलचित्र बन्ने पक्का

0 15

कार्तिक ०५, प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ ।

किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको छ । निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता भएको छ । जमन आफैले अहिले कथामा काम गरिरहेका छन् ।

चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । निर्माता नेपालीले भने–‘दीपक दाइको कथामा चलचित्र बनाउन मेरो कम्पनीले अधिकार लिएको छ । जमनजीले कथा लेखिरहनुभएको छ ।’ जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र विषयमै स्नातकोत्तर गरेका छन् ।

दीपक मनाङ्गेको जीवनमा थुप्रै उतारचढाव छन् । डनदेखि सांसदसम्म भएका दिपकको बायोपिक दर्शकका लागि रोचक हुने निर्माणपक्षको विश्वास छ । यो चलचित्रका लागि केही चल्तीका कलाकारसँग पनि कुरा चर्चामा छ । २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने निर्माता नेपालीले जानकारी दिए । किरणले निर्माण गरेको चलचित्र ‘पोई पर्‍यो काले’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.