पुर्वयुवराज पारश शाहको यस्तो हर्कत: आक्रोशित हुदैँ सोनिकासँग यसरी हुइकिए (भिडियो सहित)

0 100

असोज २८, पुर्वयुवराज पारश शाह र मोडेल तथा भिजे सोनिका रोकायाबिचको हिमचिमका कारण पारश संचारमाध्यममा आलोचित हुन पुगेका छन् । रोकायाले आफू र पारशको टिकटक भिडियोहरु समाजिक संजालमा सार्वजनिक गर्दै आएकि छिन् । टिकटकमा मात्र नभएर बाहिरि दुनियाँमा पनि पारशले सोनिकासँग खुलेआम हिँडेको भिडियो सार्वजनिक भएको छ । यस्ता भिडियोहरु बाहिर आएसँगै पारश र सोनिकाबिचको सम्बन्धका विषयमा आलोचना हुन थालेको छ ।


केहि समयअघि मात्र पारशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि सोनिकाले पारशको बचाउ गरेकि थिइन् । उनले पारशलाई बाघको संज्ञा दिएकि थिइन् । धेरैजसो समय पारश र सोनिकासँगै देखिन थालेपछि उनकै नजिकका कार्यकर्ताले पनि त्यस्को आलोचना गरेका छन् । पारश कहिले सोनिकाको क्लबमा जुसको चुस्कि लगाउँदै टिकटकमा सोनिकासँग रमाएको त कहिले घरको बार्दलिमा बसेर मस्ती गरेको भिडियोहरु सार्वजनिक हुदैँ आएको छ । हालै, सार्वजनिक भएको भिडियोमा भने पारशले आफ्नो हार्ले डेभिडसन बाइकमा सोनिकालाई लिएर हुइकिएका छन् । आफ्ना कार्यकर्ताले सम्झाइरहेको अवस्थामा पारश आक्रोशित हुदैँ सोनिकासँग बाइकमा हुइकिएका थिए ।
हेरौँ भिडियोः

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.