साफ यू-१५ फुटबलमा नेपाल भारतसंग 4-१ गोलले पराजित

0 11

असोज २२, तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले फराकिलो हार ब्यहोरेको छ ।भुटानको थिम्पुमा बुधबार सुरु भएको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसंग ४–१ गोल अन्तरले पराजित भएको हो ।भुटानको चाम्लिङथाङ रंगशालामा पहिलो हाफमा २–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।भारतका लागि लिन्डा कोम सेड्रोले दुई तथा सुमती कुमारी र प्रियंकाले एक एक गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काइन् ।
सातौ मिनेटमा सुमतीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । ३८ औ मिनेटमा लिन्डाले भारतको अग्रता दोब्बर पारिन् ।५६ औं मिनेटमा लिन्डाले नै व्यक्तिगतल दोस्रो गोल गर्दै भारतलाई ३–० ले अघि बढाईन् ।६२ औं मिनेटमा कप्तान प्रिती राईको पासमा मनमायाले गोल गर्दै अन्तर घटाउने प्रयास गरेकी थिईन् । तर ६६ औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई ४–१ को फराकिलो जित दिलाइन् ।
नेपालले दोस्रो खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले आईतबार भुटानसंग खेल्नेछ ।राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.