राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास

0 16

असोज २२, विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् ।

राष्ट्रपति सी चिनफिङको द्विदिवसीय भ्रमणले शान्तिप्रेमी, स्वाभिमानी, स्वाधीन र पूर्ण सार्वभौम राष्ट्रकारुपमा विश्वसामु परिचित निकटको छिमेकी नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको पुष्टिमात्र गरेको छैन, अपितु चीनको विदेश नीतिमा नेपाल प्राथमिकतामा रहेको तथ्यलाई उजागर गरेको छ ।

२३ वर्षपछि उत्तरी छिमेकी मुलुकका राष्ट्रप्रमुखको आसन्न भ्रमणलाई नेपाल–चीन आर्थिक साझेदारीका खातिर भरपुर उपयोग हुने ठानिएको छ भने विकासका संरचनाले जेलिएको नेपाललाई केरुङ–काठमाडौं रेल/प्रसारणमार्ग निर्माणमा चिनियाँ सहयोगको घोषणाको अपेक्षा गरिएको छ ।

उक्त मार्ग निर्माणको ठोस सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का साथै त्यसमा लगानी पनि चिनियाँ पक्षबाटै होस् भन्ने आशय सरकारले व्यक्त गरेको छ ।

यद्यपि, त्यो अहिलेसम्म सार्वजनिक भएको छैन र डीपीआरको लगानी ढाँचा टुंग्याउन पनि बाँकी नै छ ।

व्यापारका पर्याप्त पूर्वाधार नहुँदा ओझेलमा परेको नेपालको व्यापार विविधीकरणको प्रयासले सार्थकता पाउन नसकेको वर्तमान परिप्रेक्ष्यमा कोरलानाकामा सुक्खा बन्दरगाह बनाउने लक्ष्य पूरा गर्न तथा पोखरा–कोरला दुईतर्फी सडक निर्माणका विषयले राष्ट्रपतिको भ्रमणकाक्रममा निष्कर्षमा टुंगिने विश्वास गरिएको छ ।

व्यापार र लगानी प्रवद्र्धन गर्न दुई राष्ट्रबीच स्थायी संयन्त्र गठनको घोषणा हुनसक्ने परराष्ट्र मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले बताउँछन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.