चिनियाँ राष्ट्रपतिको भारत भ्रमण शुक्रबारबाट

0 31

 

असोज २२, चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर ११ देखि १२ सम्म भारतको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको भारतीय विदेश मन्त्रालयले औपचारीक मिति सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्रालयले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

भारत भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ममल्लापुरमा दोस्रो शिखर बैठक गर्नेछन् । विश्व सम्पदा सूचीमा रहेको ममल्लापुरमा मोदीसंगै सांस्कृतिक कार्यक्रममा समेत सी सहभागित हुनेछन् । भ्रमणका क्रममा उनले मोदीसँग इण्डो प्यासेफिक स्टाटेजी र क्वाडमा भारतको भूमिकाका विषयमा समेत छलफल जनाइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.