जानकी मन्दिर परिसरभित्र सवारीसाधन निषेध गर्नुपर्छः मुख्यमन्त्री राउत

0 14

 

असोज २२, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठ–मन्दिरको सौन्दर्यीकरण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

रामानन्दीय वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले आयोजना गरेको आशिष तिलक तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मठमन्दिरको सौन्दर्यीकरणले मात्रै पर्यटक लोभिने बताउनुभएको हो ।

प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य जानकी मन्दिरबाट सुरु गरिसकेको पनि बताउनुभयो । मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउँदै भन्नुभयो , “जानकी मन्दिर प्रदेशको धरोहर हो । यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५/७ करोड बजेट दिने योजना छ ।”

जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।रामभजन दासको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा आउनुपर्नेमा जोड दिनुभएको थियो ।

मन्त्री सोनलले सप्तरीको सखडा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.