तनहुँमा चितुवा आतंक: ४ वर्षे बालककाे लियो ज्यान

0 41

असोज २२ , चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँ रहेका छन् ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

‘दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।’

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेकाे छ । चितुवाले आक्रमण गरी यसअघि दुई बालक र दुई बालिकाको ज्यान लिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.