करेन्ट लागेर नवलपुरमा एकको मृत्यु

0 8

असोज २२ , पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय बुधई खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.