भारतले इन्धनको बढेको मूल्य सूची पठाएपनि नेपालमा तत्काल नबढ्ने

0 13

असोज १७, नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ ।निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल नबढाइएको स्पष्ट पारेको छ ।अक्टोबर १ तारिकमा आईओसीबाट निगमले प्राप्त गरेको नयाँ मूल्यसूची प्राप्त गरेको थियो । त्यसमा सबै खाले इन्धनको मूल्य बढेको छ ।

स्वचालित मूल्य प्रणाली अन्र्तगत निगमले मूल्य समायोजन गर्नुपर्ने भए पनि दशैं लगायत मूल्य चाडपर्वका कारण मूल्य स्थिर राखिएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।यसअघि आईओसीको नयाँ मूल्य सूचीका आधारमा इन्धनको मूल्य घटाउने /बढाउने प्रचलन थियो । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेलमा ३ रुपैयाँ ६३ पैसा, मटि्टतेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा तथा एलपि ग्यासमा १५ रुपैयाँ ९८ पैसाले मूल्य बढेको निगमले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.